अब घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सकिने

  २०७७ वैशाख १० गते १२:१८     विकासन्युज

काठमाडौं । बैंशाख ११ गतेदेखि डिश होम प्रयाेगकर्ताले घरमै बसेर  ‘छ माया छपक्कै’ हेर्न सकिने छन् ।

विश्वमा कोरोनाको कहरसँगै लकडाउनको अवधिका दर्शकको चाहनालाई मध्यनजर गर्दै डिश होमअन्तर्गतकाे सिनेमाघर च्यानल नं. ८८८ बाट प्रदर्शन हुने कलाकार तथा निर्माता दिपकराज गिरीले जानकारी दिए । ‘दर्शकको चाहना अनुसार कम्तीमा २ देखि ४ हप्तासम्म नि जान सक्छ ।’ उनले भने

दिपकराज गिरी र केकी अधिकारीको मुख्य भुमिका रहेको यो फिल्मको निर्देशन दिप्रेन्द्र लामाले गरेका थिए । बक्स अफिसमा उच्च स्थान राख्न सफल ‘छ माया छपक्कै’ को माग आएसँगै फेरी डिश होम प्रयोगकर्ताले सिनेमाघर च्यानलमार्फत २ सय २५ रुपैयाँ बढी तिर्नु पर्ने छ ।

गत मंसिर १३ गते डिश होम अन्तर्गतको चलचित्र च्यानल नं. १०८बाट ‘छ माया छपक्कै’ प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.