नयाँ प्रविधिमा नयाँ सुविधा पस्कदै प्रभु टिभी

  २०७७ वैशाख १० गते ११:२४     नबिन पोखरेल

काठमाडौं । लकडाउनसँगै टेलिभिजनको प्रयोग बढेको छ । टेलिभिजनको बन्द पर्दाहरु खुल्न थालेका छन् । निष्क्रिय भएका टेलिभिजन चानल सक्रिय भएका छन् । टेलिभिजन उपभोक्ताहरुको रिर्चाज बढ्दो छ ।

यहि समयमा प्रभु टिभीले पनि आफ्ना सेवाहरु अझ प्रभावकारी बनाएको उक्त कम्पनीको सेल्स एण्ड मार्केटिङ म्यानेजर गंगा गौतम बताउँछन् । ‘६ महिनाको रिर्चाज गर्दा एक महिना बोनस र १२ महिनाको रिर्चाज गर्दा २ महिनाको बोनस उपभोक्तालाई दिएका छौं’ उनले भने ।

यसको अर्थ प्रभु टिभीका ग्राहकले ६ महिनाको रिचार्ज गर्दा ७ महिनको सुविधा पाउनेछन् भने १२ महिनाको रिचार्ज गर्दा १४ महिनाको सुविधा पाउने व्यवस्था गरिएको छ । २०७७ जेठ ३० गतेसम्म रिचार्ज गर्नेहरुले यो सुविधा पाउने कम्पनीले जनाएको छ । ६ महिनाको रिचार्ज शुल्क १६ सय रुपैयाँ तथा १ वर्षको गर्दा ३ हजार रुपैयाँ लाग्ने गरी अतिरिक्त छुट पनि दिएको गौतमले बताए ।

‘अरु टिभीको तुलनामा प्रभु टिभी निकै सस्तो छ । प्रभु टिभी रिचार्जको शुल्क प्रति महिना ३ सय रुपैयाँ रहेको छ’ उनले भने–‘अन्यबाट एचडी क्वालिटीको टिभी हेर्न हेर्न मासिक शुल्क ९ सय रुपैयाँसम्म तिनुपर्छ ।’

धेरै च्यानल

अरुमा भन्दा प्रभु टिभीमा बढी च्यानल हेर्न पाइन्छ । काठमाडौंमा मात्रै हाम्रो १ सय २५ वटा च्यानल रहेका छन् । सो संख्यामा ५० भन्दा बढी एचडी च्यानल नै रहेका छन् । एचडी च्यानल प्रसारणमा अरु टिभीभन्दा प्रभु टिभी अगाडि रहेको गौतमले बताए ।

टेलिभिजनको भिडियो क्वालिटीका आधारमा मुलतः एचडी र एसडी क्वालिटी हुन्छ । एचडी भन्नाले हाई क्वालिटि च्यानल बुझ्नु पर्छ । एसडी च्यानल ग्राहकले निःशुल्क हेर्न सक्छन् । यसको कारण चाहि एसडी च्यानल चाहिँ हावाकै सहायताले चल्न सक्छ ।

रिचार्ज गर्न सजिलो

गौतमका अनुसार कुनै पनि ग्राहकले प्रभु टिभीको रकम भुक्तानी गर्न चाहेमा २ वटा विधि प्रयोग गर्न सक्ने छन् । एउटा भनेको फिजीकल (काजगी) रिचार्ज कार्ड मार्फत भुक्तानी गर्ने हो भने अर्को डिजिटल तरिकाबाट गर्न मिल्छ ।

‘अहिले प्रभु टिभीका ग्राहकहरुले प्रभु–पे, ई–सेवा मार्फत रिचार्ज गर्न सक्छन् । यस्तै, आईएमई पे तथा खल्ती जस्ता एपबाट पनि भुक्तानी हुने व्यवस्था तल्कालै मिलाउन हामी लागिरहेका छाैं’ उनले भने ।

अहिलेको लक डाउन अवधिमा ग्राहकहरुले आफ्नोमा रिचार्ज सकिएको जानकारी दिएमा कम्पनीले १ देखि २ हप्तासम्मको रिचार्ज गरि दिदै आएको उनले बताए । उक्त रकम ग्राहकले लक डाउनपछि रिचार्ज गर्दा काटिन्छ ।

एनसेलको सिम प्रयोगकर्ताले प्रभु टिभी एक महिनासम्म निःशुल्क पाउने अफर पनि ल्याएको छ । जसका लागि एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिन्छ ।

प्रभु टिभीको पहुँच

२०७५ साल असार महिनाबाट सेवा शुरु गरेको प्रभु टिभीले आफ्नो पहुँच देशभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । हाल काठमाडौं, चितवन, पोखरा र भेडेटारमा स्टेशन राखेको छ । काठमाडौ, पोखरा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, बारा, पर्सा, रौतहटबाट प्रभु टिभी हेर्न सकिन्छ । यस्तै, सर्लाही, धनुषा, महोत्तरी, झापा, मोरङ्, सुनसरीमा पनि प्रभु टिभी संचालनमा आईरहेको छ । प्रभु टिभीको ग्राहक १ लाख २० हजार पुगेको उनले जानकारी दिए ।

गौतमका अनुसार प्रभु टिभीमा ग्राहकहरु डिलर तथा सब डिलर मार्फत जोडिन सक्छन् । अहिले हाम्रो काठमाडौं जिल्लाभरीमा ४ वटा डिलर छ । यस्तै, भक्तपूर तथा ललितपूरमा एउटा–एउटा डिलर रहेको छ । यसरी काठमाडौ उपत्यकाको हकमा मात्रै हाम्रो डिलर संख्या ६ वटा रहेको छ ।

साथै, डिलरको अण्डरमा सब डिलर तथा सब डिलरको अण्डरमा पोेइन्टहरु स्थापना गरी हामीले काम गर्दैछाँै । अन्य जिल्लाको डिस्ट्रव्यूशन संरचना पनि यस्तै छ ।

प्राविधिक समस्या

‘हामी कहाँ प्रभु दोहोरी च्यानल छ । त्यसमा हामीले सबै टेक्निसियन, कल सेन्टरदेखि आवश्यक पर्नेहरुको सम्पर्क नम्बरहरु राखेका छौँ । सोही कारण जुन ग्राहकको सेवामा समस्या आउँछ त्यस्ता ग्राहकले हामीलाई सिधै सम्पर्क गर्न सक्नेछन् । हामीले ग्राहकका समस्या तत्काल समाधान गर्नुपर्छ भन्ने विश्वास गछौँ’ गौतमले भने ।

‘सेवा अवरुद्ध भएको अवस्थामा हामीले बक्समा रहेको भिएसिआईडी कोडलाई आधार बनाएर काम गछौँ । सबै प्राविधिक कुरा ठिक भएको अवस्थामा हामीले ग्राहकलाई नै निर्देशन दिएर आफ्नो समस्या आफै समाधान गर्न सघाउँदै आएका छौँ । तर समस्या केही जटिलनै देखियो भने पास भएको गाडी मार्फत ग्राहकको घरमा नै गएर समस्या समाधान गछौँ’ उनले भने ।

प्राविधिक रुपमा नै जटिल समस्या आएर कम्पनीले आफ्ना स्टाफलाई ग्राहकको घरमा नै पठाउनु पर्ने स्थिति त अहिले कम नै छ । अहिले ग्राहकहरुमा त्यस किसिमको जटिल समस्या करिब ५ प्रतिशत मात्रै आउँने गरेको उनले बताए ।

नयाँ प्रविधि

प्रभु टिभी भनेको डिभिबि टी२ फ्रिक्वेन्सि बेस्ड टेलिभिजन हो । दक्षिण एशियामै पछिल्लो प्रविधि युक्त टिभीका भएको कम्पनीको दावी छ ।

पहिले डिभिडी टि२ प्रविधि प्रयोगमा थियो । हामीले संचालनमा ल्याएको प्रभु टिभी टेलिभिजन जगतको सबैभन्दा पछिल्लो तथा भरपर्दो प्रविधि हो ।

फ्रिक्वेन्सीबाट भिजुअल पठाएर टिभी नै हेर्न मिल्ने विषेशता प्रभु टिभीमा छ । यसअघि टेलिभिजन हेर्न सेटेलाईटको प्रयोग अनिवार्य थियो । तर प्रभु टिभीले हाल संचालन गरि रहेको प्रविधि सेटेलाईट बेस्ड होइन ।

प्रभु टिभीको विशेष सुविधा भनेको मोवाइलबाट पनि हेर्न मिल्छ । हरेक परिवारमा टिभी सेट एउटा मात्र हुन्छ । एकधा परिवारमा मात्र एक भन्दा बढी टिभी सेट राखिएको पाइन्छ ।

तर परिवारमा ४/५ जना हुन्छन् । फरक फरक व्यक्तिको रुचि फरक हुन्छ । एक जनालाई समाचार हेर्न मन लागेको होला । अर्कोलाई खेलकुद हेर्न मन लागेको होला । अर्कोलाई टेलिसिरियल हेर्न मन लागेको होला । अर्कोलाई रियालिटी शो हेर्न मन लागेको होला । सबैलाई एउटा÷एउटा टिभी हुँदैन ।

तर अहिले धेरै मानिसको घरमा इन्टरनेट छ । सबैको घरमा हरेक व्यक्तिसँग स्मार्ट फोन छ । इन्टरनेटको प्रयोग गरेर सबैले आफ्नो मोवाइल, ल्यापटप, ट्याव वा अन्य ग्याजेटको प्रयोग गरी टिभी हेर्न सकिन्छ । यस्तो सुविधा प्रभु टिभीले मात्र दिएको छ । आधुनिक सुविधा, गुणस्तरीय सेवा, जोड्न सजिलो, एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो, शुल्क पनि सस्तो भएकोले प्रभु टिभी प्रति उपभोक्ताको आकर्षण बढ्दो रहेको गौतमले बताए ।

2 comments on "नयाँ प्रविधिमा नयाँ सुविधा पस्कदै प्रभु टिभी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.