अर्थसमितिका सभापति दाहालले काठमाडौँमा अलपत्र परेका ३५० जना मकवानपुरेलाई घर फर्काए

  २०७७ वैशाख ९ गते २३:०८     विकासन्युज

काठमाडौं । लकडाउनको कारणले काठमाडौं उपत्यकामा बेखर्ची भएर बसेका मकवानपुरेहरुलाई आज संघीय सांसद तथा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले घर आउने व्यवस्था गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दाहालको पहलामा विभिन्न पेशा व्यवसाय गर्दै आएका र २९ दिनदेखि जारी लकडाउनका कारण समस्यामा परेका ३ सय ५० जना मकवानपुरहरुको आज उद्धार गरिएको हो ।

‘मकवानपुरका जनताहरको बिचल्ली नहोस्, सबै आफ्नो परिवारसगँ बस्न पाउन भनेर बसको व्यवस्थापन गरेर घर पठाएका हौं,’ दाहालले भने । आज ३५० जनाको उद्धार गरिएको र बाँकी रहेकाहरुको पुनः उद्धार गरिने अर्थसमितिका सभापति दाहालले बताए ।

मकवानपुरेहरुको उद्धारका लागि नारायणी यातायात व्यवसायिक कम्पनी प्रालिको अध्यक्ष गोकण पराजुलीको सहयोगमा ७ वटा बसको व्यवस्थापन भएको थियो ।

काठमाडौँबाट मकवानपुरेहरुको उद्धारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जगत थिङ, बागमती प्रदेश युवा तथा खेलकुद सदस्य नारायण सापकोटा, अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने र दामोदर फुयाल, प्रेस संगठन नेपाल काठमाडौँका सदस्य राजाराम न्यौपाने र युवा समाजसेवी उज्ज्वल दाहालले समन्वकारी भूमिका खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.