डिजिटल बैंकिङः लकडाउनपछि बैंकहरुमा पहिलेको जस्तो भीड हुन्न

  २०७७ वैशाख ९ गते १८:२२     अर्जुनराज खनिया

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपाललाई पनि निकै असर परेको छ । कोरोनाकै कारण धेरै देश लकडाउनमा छन् । त्यसबाट नेपाल पनि अछुता रहन सकेको छैन । चैत ११ गतेदेखि नेपाल पनि लकडाउनमै छ ।

लकडाउन हुनुभन्दा केही दिन अगाडिबाटै बैंकहरूले कोरोनाले वित्तीय सेवामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार निःशुल्क बनाए । अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले जिटिटल बैंकिङलाई नै प्रवद्र्धन गरिरहेका छन् ।

एनआइसी एसिया बैंकको पनि लकडाउनको समयमा ७० प्रतिशत जति काम डिजिटलबाट नै भइरहेको छ । ओभरअल ट्रान्जेक्सनको भोलुम घटेपनि जिटिल प्रयोगकर्ता भने धेरै बढेका छन् । अहिले बैक तथा वित्तीय संस्थाहरुले यो समयको उचित सदुपयोग गर्दै जिटिटल बैंकिङतर्फ अग्रसर भइरहेका छन् ।

केही बैंकिङ क्षेत्रका विज्ञहरूले डिजिटल बैंकिङलाई प्रमोट गर्ने पनि उचित समय भएको बताउँदै आएका छन् । जिटिटल बैंकिङ जति सजिलो छ उतिकै भर पर्दो र जोखिमरहित पनि छ ।

प्रयोगकर्ताको आकर्षण

डिजिटल बैंकिङका प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका छन् । एनआइसी एसिया बैंकको मात्र भन्ने हो भने पनि लकडाउनको समयमा एक लाखभन्दा बढी मोबाइल फोनकर्ता बढेका छन् । एकलाख नयाँ बढी प्रयोगकर्ताले मोबाइल बैकिङ एप डाउनलोड गरेका छन् । कार्ड, इन्टरनेट र मोबाइल बैंकिङका प्रयोगकर्ताहरु क्रमशः बढेका छन् । यो समयमा सबै काम डिजिटलबाट नै भइरहेको छ । ग्राहकले ऋणको लागि निवेदन दिनेदेखि लिएर अनलाइन खाता खोल्ने काम डिजिटलको माध्यमबाट नै भइरहेको छ ।

अहिले एनआइसी एसिया बैंकमा दिनमा ३ देखि ४ सयसम्म ग्राहकका अनलाइन खाता खोलिरहेका हुन्छौं । हाम्रा अहिले ८ लाख डिजिटल बैंकिङका ग्राहक छन् । तिनीहरु सबैलाई हामी डिजिटल च्यानलबाट नै सेवा दिइरहेका छौं । योसँगै अन्य कारोबार अर्थात बैंकको कूल कारोबार घटेपनि डिजिटल बैंकिङको भने बढेकै छ ।

कतिपय मानिसहरु पहिले नै डिजिटल कोरोबारमा जानकार थिए । यो प्रयोग गरिरहेका थिए । धरैलाई यो सम्बन्धि थाहा थिएन । उनीहरुले अहिले सिकेर डिजिटल बैंकिङको काम गरिरहेका छन् । अनलाइनबाटै सबै काम गर्ने काम गरिरहेका छन् । जानकारी पनि लिइरहेका छन् । आज दूरदराजका मानिसले पनि डिजिटल अथवा क्यासलेस बैंकिङ, मोबाइलबाट गर्ने बैंकिङ राम्रो रहेछ, यस्तो कारोबार हामीले पनि कसरी गर्न सकिन्छ, जान्न पाए हुन्थ्यो भन्ने जागरुकता बढेको छ ।

ग्राहकले डिजिटल बैंकिङमा के–के काम बढी गरे ?

अहिले सबै डिजिटल माध्यमबाट हुने कारोबाहरु सबै बढेका छन् । अनलाइनकै माध्यमबाट खाता खोल्ने, अनलाइनमार्फत नै युटिलिटी पेमेन्ट गर्ने, अमाउन्ट ट्रान्सफर गर्ने लगायतका काम गबढेका छन् । एटिएमको प्रयोग पनि बढेको छ ।

विश्वसनियता कत्तिको छ ?

हामी कहाँ ज्ञानको कमीले गर्दा डिजिटल बैंकिङमा केही असुरक्षाका कूराहरु पनि छन् । धेरै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले पासवर्ड नराख्ने बानीले पनि असुरक्षा निम्त्याउँछ । यो पनि एउटा जोखिम हो । परिवारकै वा साथीहरुकै माध्यमबाट पनि मोबाइल बैंकिङमा चोरी हुन सक्छ । त्यसैले पासवर्ड राख्न जरुरी हुन्छ । अहिले पछिललो समयमा लकडाउनको मौका पारेर फेसबुक जस्ता सामाजिक संजाल ह्याक गरेर यस्ता गतिविधि गर्ने गरिएकाे पनि भेटिएको छ ।

यसमा हामीले सचेत हुनु पर्छ । फेसबुकममा कसैलाई पनि आफ्नाे विवरण दिनु हुँदैन । अर्थात फेसबुक जस्ता सामाजिक संजालमा भनेकै भरमा रकम पठाउनु हुँदैन । पछिल्लो समय यो क्रियाकलाप बढेकोले पनि हामीले तत्कालै सचेतना फैलाउने कुराहरु गरेका छौं । ग्राहकलाई त्यसतर्फ सचेतना दिइरहेका छौं । तर, अन्य बैंकको सिस्टमकाे सिबिएस (काेर बैंकिंग प्रणाली) भित्र छिरेर इन्टरनेट मोबाइलको माध्यमबाट चोरी गर्ने लगायतका काम देखिएका छैनन् ।

ह्याकिङ प्रविधिसँगै जोडिदै जाने कुरा हो । ह्याकरहरुले ह्याक गर्ने उपाय खोज्दै जाने बैंक तथा सुचना प्रयोगकर्ताहरुले त्यसको सुरक्षाको लागि ह्याक हुन सक्ने सम्भाव्यतालाई अध्ययन गरि सुरक्षाका उपायहरुबाट जोखिम कम गर्दै जाने हो ।

डिजिटल बैंकिङ किन आवश्यक ?

बैंकहरूको बढ्दै गएको सञ्चालन खर्च खटाउन विकल्प डिजिटल बैंकिङ हो । प्रविधिमा एकपटक लगानी गर्ने हो तर त्यसले दिने प्रतिफल लागतभन्दा धेरै बढी हुन्छ । प्रविधिको प्रयोग बढ्दा लागत घट्दै जान्छ । अहिले मानिसहरु धेरै व्यस्त छन् । धेरै समय हुँदैन । काम गरिरहेकै समयमा बसेकै ठाउँबा यसको प्रयोग गर्न सक्छन् । सेवा लिने ग्राहकले विद्युतीय कारोबारलाई असुरक्षित महसुस गर्ने गरेका छन् ।

विद्युतीय कारोबारलाई विस्तार गर्दा अहिले फिजिकल कारोबारका लागि जुन प्रकारले कार्यालय व्यवस्थापन, कर्मचारीलगायतका लागि लाग्ने लागत छ, त्यो र विद्युतीय माध्यबाट प्रदान हुने सेवा तुलना गर्दा विद्युतीय सेवाको लागत कम हुन्छ भने निःशुल्क पनि गर्न सकिन्छ । त्यो भनेको बैंकको आफ्नो र नियामकीय निकायको योजनाभित्र रहेर गर्ने कुरा भयो ।

डिजिटल बैंकिङ प्रमोट गर्न केके काम भए ?

हामीले सामाजिक सञ्जालबाट डिजिटल बैंकिङको बारेमा ग्राहकलाई सचेतना दिइरहेका छौं । अहिले कोरोनासँग लड्नका लागि र यसको जोखिम न्युनिकरण गर्नको लागि सामाजिक दुरीका लागि डिजिटल बैंकिङ प्रयोग गर्नु बाहेको विकल्प हुँदैन । हामीले एसएमएस र इमेलबाट जानकारी गराउने काम पनि गरिरहेका छौं ।

अब लकडाउन खुलिसकेपछि बैंकमा ग्राहकको भिड कम होला जस्तो हामीलाई लाग्छ । अहिले धेरै मानिसहरुलाई डिजिटल बैंकिङ सम्बन्धि जानकारी र ज्ञान भएकोले पनि अब बैंकहरुमा ग्राहकको चाप कम हुन्छ जस्तो हामीलाई लागेको छ ।

नेपालमा क्यासलेस

अहिले नेपालमा क्यासलेसको सम्भावना त्यति छैन । हामी कहाँ ग्रामीण वस्ती पनि छ । दिनभरी काम गरेर पैसा नलिएर अन्न लिने मानिस पनि छन् । पुरै क्यासलेस भन्दा पनि अलि कम चाहिँ हुन्छ नै । डिजिटल बैंकिङ विस्तारका लागि यो समय टर्निङ पोइन्ट हुन सक्छ । कतिपय मुलुकमा क्यासलेस बैंकिङ भनेर गरिरहेका छन् । यसलाई नेपालमा पनि विस्तारै ठाउँअनुसार प्रयोग र कार्यान्वयनमा ल्याउन सकिन्छ ।

( खनिया एनआइसी एसिया बैंकमा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.