अमेरिकीहरुको जागिर जोगाउन आप्रवासीलाई बन्देज लगाउँदै ट्रम्प, नेपालीलाई असर पर्ला ?

  २०७७ वैशाख ९ गते १५:५७     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रुपमा बसाेवास गर्ने आप्रावासीहरुलाई बन्देज लगाउने बताएका छन् ।

सोमबार साँझ आफ्नो आधिकारीको ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै ट्रम्पले अस्थायी आप्रावासीहरुको अध्यागमनलाई बन्देज गर्ने बताएका हुन् ।

उनी लेखेका छन्, ‘अदृश्य दुश्मनहरुबाट हुने हमलालाई ध्यानमा राख्दै र हाम्रो महान् अमेरिकी नागरिकहरुको जागिर जोगाउन म संयुक्त राज्य अमेरिकाको आप्रावासी अध्यागमनलाई अस्थाई समयको लागि रोक्नलाई हस्ताक्षर गर्दैछु । ’

यद्यपी उनले अध्यागमनलाई निलम्बन गर्न कुन संयन्त्र प्रयोग गर्नेछन्, यो निलम्बन कति लामो समय सम्म रहन सक्छ र यसले अमेरिकी ग्रीन कार्ड भएका व्यक्तिहरूमा कस्तो असर पार्दछ भन्ने उनले स्पष्ट खुलाएका छैनन् ।

साथै यसले अमेरिकामा ग्रिनकार्ड पाएर बस्दै आएका नेपालीहरु र अध्ययनको लागि गएका नेपाली विद्यार्थीहरुमा कति प्रभाव पार्ला भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन ।

कोरोनाभाईरसको असरले हाल अमेरिकाले ठुलो संख्यामा अध्यागमन कटौती गरेसँगै शरणार्थी पुर्णवासमा रोक लगाईएको छ । भिषा कार्यालहरु पनि बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.