अब घरबाटै जीवन बीमा गर्न सकिने, सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो व्यवस्था

  २०७७ वैशाख ७ गते १५:२६     विकासन्युज


काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि क्लिक एण्ड कभरको व्यवस्था गरेको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन बाटै जीवन बीमा खरिद गर्न सकिने उक्त व्यवस्था ल्याएको हो ।

यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाको बारेमा चिन्तन गरि जीवन बीमा गराउन चाहाने सचेत नागरिकहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।

जस अनुशार इच्छुक व्यक्तिहरुले अन लाइन पोर्टल www.sanimalife.com मा लग अन गरी आफ्नो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रकृया सुरु गर्न सक्नेछन् । यस व्यवस्थाले विषम परिस्थीतिमा पनि ग्राहक वर्गलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.