अब लकडाउनमा फसेका श्रमिकको उद्दार निर्माण व्यवसायी महासंघले गर्ने

  २०७७ वैशाख ५ गते १३:३१     सन्ताेष राेकाया

काठमाडौं । देश लकडाउनमा रहेको बेला खान नपाएर अर्थात कामबाट घर फर्किने श्रमिकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । निर्माणाधीन परियाेजनाहरूकाे काम बन्द भएपछि उनीहरु त्यहाँबाट आ-आफ्नो घरतर्फ गइरहेका छन् । सरकारले लकडाउनको समयमा बाहिर हिँडडुल अर्थात आवतजावत नगर्न भने पनि श्रमिकहरु रातदिनै हिडेर भएपनि घर फर्किरका छन् ।

सर्वसाधारणले याे दाेष निर्माण व्यवसायीलाई खन्याइरहेका छन् । आम नागरिकहरुले यसरी फसेका श्रमिकहरुको उद्दार सम्बन्धित निर्माण आयोजना अथवा ठेक्का लिने कम्पनीले लिनु पर्ने आवाज उठाइरहेका छन् ।

यी आवाज नेपाल निर्माण व्यवसायी महासंघले सुनेको छ । महासंघले लकडाउनमा फसेका श्रमिकहरुको उद्दारकाे प्रक्रिया अगाडि सारेकाे छ । उसले शुक्रबारदेखि काठमाडाैंमा फसेका श्रमिकहरूकाे तथ्याकं संकलन सुरू गरेकाे जानकारी दिएकाे छ ।

देशभर रहेका श्रमिकहरुको तथ्यांक संकलन गर्ने उद्धेश्यका साथ महासंघले यसलाई तीव्रता दिएको महासंघका अध्यक्ष रवी सिँहले बताए । उनले देशभर लकडाउनको कारण सडकमै फसेका श्रमिकहरुको तथ्याकं संकलन गर्न सुरु गरेको बताए ।

महासंघले शुक्रबार दिनभरमा श्रमिकहरुको तथ्यांक संकलन गरेर शनिबार मन्त्रालयमा पेश गर्ने तयारी गरेको सिँहकाे भनाइ छ । ‘हेराैं, हामी कतिसम्म गर्न सक्छाैं, सबैले हामीले नै गर्नुपर्ने आवाज उठाइरहेका छन्, त्यसैले पनि हामीले याे काम सुरू गरेका हाैं,’ उनले भने ।

महासंघले लकडाउनमा काठमाडौं उपत्यकामा फसेका र खानेबस्ने समस्यामा रहेका श्रमिकहरुलाई लकडाउन अवधिभर निःशुल्क खानेबस्ने व्यवस्था गर्न लागेको सिँहले बताए । ‘बाटोमा हिँडेका सबैलाई मजदूर मानेर हामीलाई दोष देखाउने काम भयो, त्यसैले हामीले यस्तो तथ्यांक संकलन सुरु गर्न लागेका हौं, उनीहरुको उद्दार गरेर खानबस्नको सुविधा हामी गर्छौं, उनले भने ।

यसका लागि महासंघले काठमाडौंभित्र रहेका सबै सदस्य निर्माण व्यवसायीहरुलाई आफूकहाँ भएको श्रमिकको तथ्याँक पठाउन परिपत्र गरिसकेको उनको भनाइ छ । सिँहले काठमाडौं भित्रका श्रमिकहरुको तथ्याकं सकिए लगत्तै काठमाडौं बाहिरका श्रमिकहरुको सुरु गरिनो बताए ।

महासंघको समन्वयमा घर पुग्नै लागेका अर्थात बाटोमा फसेका श्रमिकहरुको उनीहरु जुन क्षेत्रमा छन् त्यहाँको जिल्लाको व्यवसायीले गर्ने महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.