अत्यावश्यक सेवामा चाहिँदैन, मनाेरञ्जनमा प्रयाेग गर्न पाइँदैन

  २०७७ वैशाख ५ गते १३:४०     राजाराम न्याैपाने

काठमाडौं । सबै भन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौंमा काठमाडौं जिल्ला प्रशासनले गत बुधबारबाट सवारी पास दिन छाडेको छ । सरकारले गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउनको घोषण गरेर थियो । लकडाउनको समयमा अति आवश्यक बस्तु आयात निर्यात गर्नका लागि काठमाडौं जिल्ला प्रशासनले सवारी पास दिने गरेको थियो ।

तर गत बुधबारबाट मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्य प्रयोजनका लागि सवारी पास दिन बन्द गरेको छ । सरकारकाे यस्ताे निर्णयले अत्यावश्यक सेवा प्रवाहमा समस्या भएकाे सराेकारवालाकाे भनाइ छ ।

तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले काठमाडौं जिल्ला प्रशासनले सवारी पास रोकेर ठिक गरेको बताए । पास नभएपनि अत्यावश्यक सेवाका सवारी साधन नराेकिने भएकाेले याे निर्णयले दुरूपयाेग राेक्न सहयाेग गर्ने उनकाे भनाइ छ ।

घर जानदेखि ससुराली जानसम्म सवारी पास लिएर हिड्नेहरु अब रोकिन्छन् भन्दै उनले सवारी पासको दुरुपयोग गर्नेहरुलाई पनि अब ट्राफिकले समाउने र याे निर्णयले भीड नियन्त्रणमा सहयाेग पुग्ने उनले बताए ।

‘सरकारले तोकेका अति आवश्यक बस्तुहरु बोकेका सवारीहरुको पास नभए पनि पुलिसले रोक्दैन, गाडीकाे अगाडि अतिआवश्य बस्तु ढुवानी भनेर लेख्ने, तर सवारीमा अन्य बस्तुहरु बोकेर हिड्नेहरुलाई कार्वही पुलिसले गर्छ,’ आचार्यले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै सडकमा भीड हुन गई लकडाउनको पालना नभएको भन्दै सवारी पास दिन बन्द गर्नु उपयुक्त भएकाे उनकाे भनाइ छ ।

‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अति आवश्यक बस्तु ढुवानीको लागि पास जिल्ला प्रशासनले दिने गरेको थियो । अब पुरानाे सवारी पास वा पास विना नै अति आवश्यक बस्तु बोकेको सवारीलाई पुलिसले रोक्दैन्, त्यसैले असर परेकाे छैन, ’ आचार्यले भने ।

पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँगै सरकारले लकडाउन थप्दै जाँदा उपत्यकामा रहेका मानिसहरु घरभित्रै बसिरहेका छन् ।
लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोरमैला संकलन, बिजुलीजस्ता आधारभूत आवश्यकता निरन्तर र निर्वाधरुपमा सरकारले सञ्चालन गरिरहेको छ ।

दैनिक जीवनयपनका लागि नभई नहुने सरकारले तोकेको अति आवश्यक वस्तु तथा सेवामा विनापास नै हिड्न सकिने छ ।

के के हो सवारी पास नभइ बोक्न पाउने अति आवश्यक बस्तु

लकडाउन आफैंमा एउटा संकटको अवस्था हो । तर, पनि जीवनयापनका लागि नभई नहुने वस्तुको उपलब्धता हरेक नागरिकका लागि अतिआवश्यक हुन्छ ।

चामल, मकै, चिउरा, गहुँ पिठो, मैदा, दाल, नून, चिनी, चिया खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला (जिरा, मरीच, अदुवा, धनिय र खुर्सानी), औषधि, औषधि जन्य बस्तु, लुगा धुने र नुहाउने साबुन, मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत, रसायनीक मल,दाउरा तथा कोईला, लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम रु न्यूज प्रिन्टका समानलगायतका बस्तु सवारी पास विना नै ढुवानी गर्न सकिने छ ।

लकडाउनको कारणले अनलाइनबाट पनि घरघरमा नै हुन्छ अति आवश्यक बस्तुको आपूर्ति भइरहेको छ । लकडाउनको बेला अनलाइन व्यापारले पनि आपूर्तिमा सहजा हुदै गइरहेको छ ।

घरघरमा नै अति आवश्यक बस्तु आपूर्ति गर्ने प्रतिनिधि अनलाइन

दराजडटकम

लकडाउनअघिदेखि नै संचालनमा रहेको दराजले लकडाउनको समयमा बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ ।

भाटभटेनी सुपरमार्केट

भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगञ्जमा होम डेलिभरी सेवा दिइरहेको छ । भाटभटेनीले टेलिफोन, भाइबर, अनलाइन जस्ता माध्यममा अएको अर्डर लिने र सामान डेलिभरी गर्ने गरिरहेको छ । भाटभटेनीमा फोन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ ।

सेल्सबेरी

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । उपभोक्ताले मगाएका अतिआवश्यक बस्तु फुडमाण्डुडटकमले घरघरमा नै आपूर्ति गर्दिरहेको छ ।

जिभी एप

जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन र मेडिकल उपकरणहरु अर्डर गर्न सकिन्छ । जिभी एपले पनि मेडिसीन र मेडिकल उपकरणहरु घरघरमा नै ल्याइदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.