लकडाउनमा पनि डिस होम जडान गर्ने घटेनन्, दैनिक डेढ सयभन्दा बढीको रिक्वेष्ट

  २०७७ वैशाख ४ गते १६:००     विकासन्युज

काठमाडौं । डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले लकडाउनको समयमा पनि आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ । सरकारले अत्यावश्यक सेवा सुचारु नै गर्न निर्देशन दिएसँगै डिसहोमले आफ्नो सेवा विस्तार निरन्तर गरिरहेको हो ।

डिटिएच सेवा प्रदायक कम्पनीहरु मध्येको अग्रणी सेवा प्रदायक कम्पनी डिसहोमले लकडाउनको समयमा पनि दैनिक डेढ सयभन्दा बढी नयाँ डिसहोम जडान गर्दै आएको बताएइको छ । डिसहोमका सेल्स म्यानेजर जेबी गुरुङले लकडाउनको समयमा ग्राहकको माग झन बढेको बताए ।

उनले देशका ७७ वटै जिल्लामा विभिन्न च्यानलहरुबाट सेवा विस्तार गरिरहेको बताए । ७७ वटै जिल्लामा स्थानीय डिलरहरुसँग समन्वय गरेर सेवा दिइरहेको जानकारी दिए । मानिसहरु अहिले लकडाउनको समय भएकोले पनि घरभित्रै छन् । उनीहरुका लागि समय खर्चिने एक साधनका रुपमा डिस होम स्थापित भएको छ ।

यसका साथै, डिस होमले आफ्ना ग्राहकलाई मध्येनजर गर्दै विभिन्न प्याकेजहरु ल्याएको छ । अहिले डिसहोमले ग्राहकका लागि १० दिनसम्मकाे क्रेडिट सुविधा ल्याएको छ । जसमार्फत टीभीमा रिचार्ज सकिएपनि १० दिनसम्म पुनः डीस हाेम हेर्न सक्नेछन् ।  यस्तै, अतिरिक्त शुल्क नलिएर च्यानलहरु पनि बढाएको कम्पनीले बताएकाे छ ।

कम्लपनीले कडाउनको समयमा ग्राहकलाई मध्येनजर गर्दै ट्रोल फ्रि नम्बर पनि राखेको छ । कम्पनीले एनटीसीका ग्राहकका लागि १६६००१२२००० र ९८०११५५००० ट्रोल फ्री नम्बरकाे व्यवस्था गरेको छ । अहिले डिसहोममा डिसहोम सिनेमा हलमार्फत पनि नयाँ नयाँ सिनेमाहरु हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.