के लकडाउन गरेर मात्र यो समस्याको समाधान होला र ?

  २०७७ वैशाख ३ गते १८:२४     मनोहर कडेल

आज विश्व कोभिड १९ नामक भाइरसबाट आक्रान्त छ । एशिया होस या यूरोप वा अति शक्तिशाली राष्ट्र भनिने अमेरिका यो आलेख तयार पार्दासम्म यो भाईरसबाट करिव १ लाख २६ हजार भन्दा बढी मानव जातिको मृत्यु भईसकेको छ । करिव १९ लाख भन्दा बढी संक्रमित भैसकेको छ ।

यसको खोप तथा औषधीको लागि विश्वका वैज्ञानिकहरु अहोरात्र जुटिरहेका छन् तर उपलब्धी केही हुन सकेको छैन । विश्वका अति लोकतान्त्रिक पद्दती अपनाउने देशहरु पनि आफ्ना नागरिकहरुलाई लकडाउनको नाममा घरमा थुनिरहेका छन् । के लकडाउन गरेर (थुनेर) मात्र यो समस्याको समाधान होला र ?

यसरी लकडाउन लम्बिदै जाने हो भने भोलिको दिन सम्पूर्ण विश्वको लागि अझ भनौ मानव जातिका लागि झन ठुलो चुनौति तथा भोकमरीको सामना गर्नुपर्ने हुन सक्छ । यसका लागि विश्वका सरकारहरुले के सोचेका छन्? भोलिका दिनहरुमा खाद्यान्न संकटका कारण अझ ठुलो भोक र रोगको शिकार हरेक देशका नागरिकहरु हुने पक्का पक्की छ । यसका लागि विश्वले आज नै अथवा अहिले नै सोच्नु पर्ने बेला आएको होईन र?

के हामीले अति विकसित भन्ने ठुला राष्ट्रहरुसंग प्रश्न गर्ने बेला आएको होईन र यो भाईरस सर्वप्रथाम कहाँबाट उत्पत्ति भयो? उत्पत्ति पश्चात् त्यो देशले सम्पुर्ण मानव जातिको रक्षार्थ के कस्तो कदम चाल्यो? के यो भाईर आफै उत्पत्ति भएको हो या उत्पत्ति गराईएको हो? के यो भईरसको भ्याक्सीन तयार भएकै छैन वा तयार भएर पनि लुकाईएको छ? हाम्रो जस्तो अल्पविकसित देशका लागि यसबाट हुने असरका बारे कस्ले सोच्ने? आदी आदी ।

हाम्रो जस्तो देशमा त अहिले अन्न बाली भित्र्याउने र रोप्ने बेलामा युवा शक्ति वा किसानलाई कोठामा थुनेर राखिएको छ जसले गर्दा ती तन्नेरी किसान भोलिको दिनमा डिप्रेसनमा गई मानसिक रोगी हुन सक्ने सम्भावना रहन्छ जसले गर्दा देशको उत्पादकत्वमा ह्रास आउने निश्चित छ । देशमा भएका उद्योग धन्दा सवै बन्द छन् रोजगारीका अवसरहरु दिन प्रतिदिन घट्दो छ भने विश्व बजारमा गएका हाम्रा युवाहरु पनि यसैका कारणले स्वदेश फर्कने सम्भावना अधिक छ । के सरकारले यसका बारेमा अजै सोच्नु पर्ने होईन र? भोलि विभिन्न देशमा रहेका युवाहरुलाई उहाँहरुले विदेशबाट आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशको उन्नती तथा प्रगतिका लागि परिचालन गर्ने के कस्तो रणनीति तयार गर्नुपर्ने हो त्यसका बारेमा हाम्रा सम्पूर्ण राजनैतिक पार्टीहरुले आजदेखि सोच्नु पर्ने होईन र ? यदि यस्तो हुन सकेन भने भोलिका दिनमा देशका सामु ठूलै चूनौति खडा हुने निश्चित छ ।

यसैले हाम्रो देशको सरकारले विश्वले जे जस्तो तरिका वा रणनीति अपनाएता पनि आफ्ना देशमा भएका किसान तथा गरिखाने व्यक्तिहरुका लागि वाह्य संसर्गबाट टाढा राखी काम गर्न गराउन पाउने व्यवस्था आजैका दिन देखि मिलाउनु पर्ने हो कि? अन्यथा आजैका दिनदेखि स्वदेशी उत्पादनमा हामीले जोड नदिने हो भने भोलिका दिनमा हामीले झन् ठुलो जटिलताको सामना गर्नुपर्ने देखिन्छ किनकी एकातिर उत्पादन छैन अर्कातिर भएका कृषकहरु पनि डिप्रेसको शिकार । यसमा सरकारको ध्यान बेलैमा जाओस् । यसरी मानिसहरुलाई लकडाउनको नाममा महिनौसम्म थुनेर राख्ने हो भने हामी मात्र हैन अन्य मुलुकहरु जहाँबाट हामी खाद्यान्न लगाएत सामाग्री आयात गर्छौ त्यहाँ पनि यो समस्या आउने निश्चित छ । जसका कारणले भोलिका हरेक देशका नयाँ पिंढीले यो शासन व्यवस्था र यसका संचालकहरुसंग अवश्य प्रश्न गर्नेछन् कि के यो व्यवस्था जवाफदेहिता विहिन व्यवस्था हो? के यो वैज्ञानीक युगले मानव सभ्यतालाई नै संकटमा पुर्याएको हो ? आदि आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.