कुवेतमा रहेका १४ जना नेपाली कोरोना संक्रमित

  २०७७ वैशाख ३ गते १६:५८     विकासन्युज

काठमाडौं । कुवेतमा १४ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । १ हजार ४ सय ५ जना कोरोना संक्रमित रहेको कुवेतमा १४ जना नेपाली कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको कुवेतस्थित नेपाली राजदुत दुर्गाप्रसाद भण्डारीले बताए ।

‘पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, हालसम्म १ हजार ४ सय १ कोरोना संक्रमित र ३ जनाको मृत्यु भएको छ । भने १४ जना नेपालीमा कोरोना भाइरसको संक्रमित छन्’ राजदूत भण्डारीले भने ।

संक्रमित नेपाली कति जना पुरुष र कति महिला हुन भन्ने तथ्य जानकारी नआई नआएको राजदूत भण्डारीले जानकारी दिएका छन् । वैदेशिक राेजगारीका लागि कुवेतमा करिव ७० हजार नेपाली कायरत छन् ।

चीन वुहानबाट फैलिएको कोरोना भाइरसले हालसम्म विश्वमा २० लाख २५ हजार ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३१ हजार ४ सय ९६ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ५ लाख ४ हजार ४ सयभन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.