उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याउदै सरकार, उद्योगी भन्छन्ः सरकारले सहयोग गरे तयार छौं

  २०७७ वैशाख २ गते १४:१५     राजाराम न्याैपाने

काठमाडौं । सरकारले देशमा नै उत्पादनमूलक उद्योग वृद्धि गर्ने नीति ल्याउने भएको छ । उद्योग विभागको माध्यमबाट उद्योगहरुको डाटा संकलन गरेर उत्पादनमूलक उद्योग र कृषिजन्य उद्योगलाई आकर्षित गर्ने नीति सरकारले बताउने भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उत्पादनमूलक उद्योगको स्थापनाविना देशको आर्थिक अवस्था सुधार नहुने भएकाेले उत्पादनमूलक उद्योग स्थापना लागि काम गरिरहेको जानकारी दिए ।

उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले उद्योग मन्त्रालयले उत्पादनमूलक उद्योगहरुको तथ्याङ संकलन गरिरहेको बताए । सरकारले उद्योगीहरुलाई उत्पादनमूलक र कृषजन्य उद्योगमा आकर्षण बनाउने योजनामा छ ।

‘सरकारले उद्योग दर्तामा सहुलियत दिने तयारीमा गरेको छ, यसका लागि उद्योग विभागदेखि मन्त्रालय हुदै उच्चस्तरीय समितिसम्म छलफल भइरहेको छ,’ सिटौलाले भने ।

उद्योगी पवनकुमार गोल्यान कृषिजन्य र उत्पादनमूलक उद्योगविना देशमा विकास नहुने भएकाेले सरकारले यसकाे विकासका लागि विशेष कार्यक्रम ल्याउन पर्ने बताउँछन् । आफूहरूकाे समूह पनि उत्पादनमूलक उद्योग र कृषिजन्य उद्योगमा लगानी गरिरहेको भन्दै उनले देशको विकास गर्न देश नै आत्मनिभर हुनुपर्ने बताए ।

‘गार्मेन्ट उद्योग खोल्ने योजना छ, हाम्रो समूहले देशैभर कृषिजन्य उद्योगहरु स्थापना गर्ने लक्ष्यका साथ काम भइरहेको छ, सरकारले पनि उत्पादनमूलक र कृषिजन्य उद्योगलाई प्राथामिकतामा राख्नु पनुपर्छ,’ गोल्यान भने ।  उनले भने देशलाई कसरी आत्मनिभर गराउने भनेर सोच्ने बेला आएको बताए ।

उत्पादन र कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन धेरै देशले लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोक लगाइरहेका छन् । लकडाउनको कारण उद्योग, कलकारखना र व्यापार ठप्प जस्तै छ ।

नेपालमा दैनिक उपभोग्य बस्तु छिमेकी देश भारत र चीनलगायका तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ । सरकारले यहि समयमा कसरी उत्पादमूलक उद्योग स्थापना गर्ने र देशलाई आत्मनिभर बनाउने भनेर गृहकार्य थालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.