बैंकको किस्ता तिर्ने समय १ वर्ष जति बढाउन पर्नसक्छ

  २०७६ चैत ३० गते १२:०१     विकासन्युज

कोरोनाको कारण बैंकिङ क्षेत्रको भविश्य

विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारीले सबै क्षेत्रलाई असर पारेको छ । बैंकिङ क्षेत्रमा पनि त्यसबाट टाढा रहन सकेको छैन । यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ ।

हामी सबैले के बुझ्नु पर्छ भने बैंकिङ क्षेत्र आमनागरिकको निक्षेपबाट चल्छ । यो निक्षेपलाई सुरक्षित बनाउनको लागि सबै क्षेत्रको सहयोग उत्तिकै चाहिँन्छ ।

अहिले तत्कालिन रुपमा बैंकिङ क्षेत्रको समस्या भनेको धितो र ऋण हो । निक्षेपकर्ताको निक्षेप त सुरक्षित छ नै तर जसले ऋण लिनुभएको छ । उनीहरुको व्यापार व्यवसाय नचलेपछि तिर्न नसक्ने अवस्था आउँछ ।

त्यस्तो अवस्था आएको खण्डमा र त्यो अवस्था नआओस् भन्नका लागि सरकारले राहतको व्यवस्था मिलाउन पनि आवश्यक छ । सरकारले उनीहरुको लागि केही सावाँ व्याज तिर्ने म्याद पनि थप्ला । अहिले सरकारले चैतको किस्ता असारमसान्त भित्रसम्म तिर्न सकिने भनेको छ । तर, मलाई लाग्छ यो निर्णय हतारमा भयो ।

लकडाउन कतिसम्म रहन्छ, कसैलाई थाहा छैन । किनकि देशमा कोरोनाले कतिसम्म असर र संक्रमण विस्तार गर्छ भन्नेमा भर पर्छ । सबैको सहयोगबाट बैंकहरु चल्ने हो । यदि भोलि ६ महिनासम्म लकडाउन रह्यो भने पहिलेको जस्तो बैंकहरुले नाफा गर्यो भन्ने अवस्था आउँदैन । यसको असर बैंकिङ क्षेत्रमा पर्छ नै ।

हामीले आफै केही पनि गर्न सक्दैनौं । यसका लागि राष्ट्र बैंकको निर्देशन आउनु पर्नेहुन्छ । यदि यो लकडाउन लामो समयसम्म रह्यो भने अस्ति गरेको सम्बोधनले मात्र पुग्दैन । त्यहाँ चैतभित्र तिर्नुपर्ने किस्ता असार भित्र पनि तिर्दा हुन्छ भनेको छ । यदि यो लकडाउन लम्बियो भने अहिलेको पनि असारमा तिर्नु पर्यो र असारको पनि तिर्दा त्यो तिर्न सक्ने अवस्था आउँदैन । मलाई लाग्छ यो निर्देशन ५ महिना, एक वर्ष वा कतिसम्म गर्न सकिन्छ, गर्नु पर्छ ।

हामी कसरी यसको न्युनिकरण गर्छौं भन्ने कसैलाई थाहा छैन । लकडाउन खोलेर जोखिम निम्त्याउनभन्दा लकडाउन कायम नै गर्नु उचित हुन्छ ।

बैंकको क्वाटर रिपोर्ट र वित्तीय रिपोर्टमा परिवर्तन

यो एक दुई महिनाको लकडाउनले बैंकिङ क्षेत्रको वित्तीय विवरण नराम्रो आउँदैन । ग्राकहलाई व्याज त चार्ज भइरहेको नै हुन्छ । लिने र दिने दुवै व्याज चार्ज भइरहेको हुन्छ । त्यो हिसावले त्यति धेरै परिवर्तन तथा घाटा नहोला जस्तो लाग्छ । तर, व्याज इनकम क्यास नआएकोले वितरणयोग्य नाफा घट्छ । क्यास आएपछि नाफा वितरण गर्न पाइन्छ । तर, अन्य नोक्सान खासै पर्दैन । बैंकहरुलाई अहिले प्रत्यक्ष असर पर्ने भनेको इन्ट्रेस्ट इनकम हो । बैंकको नगद इनकम घट्छ । त्यसमा कर्जाको ग्रोथ रहँदैन । रेमिटान्स पेमेन्ट पनि एकदमै घट्छ । विस्तारै सबै क्षेत्रमा कमि आउँछ ।

खराब कर्जामा कस्तो असर ?

यो विषयमा अहिले नै आँकलन गर्न सकिदैन । समयवद्ध रुपमा कर्जाको सावा र व्याज तिर्यो भने खराव कर्जा बढ्दैन । चैतको पैसा चैतमै तिर्यो भने खराब कर्जा बढ्दैन । अन्यमा भने केही चाप चाहिँ पर्छ नै ।

लकडाउनको समयमा क्लाइन्ट तथा नोट ह्याण्डलिङ

हामी नियमित रुपमा अफिसमै बसेर काम गरिरहेका छौं । हामीहरु मसान्त आउन लाग्यो भनेर दुरी कायम गरेर काम गरिरहेका छौं । हामीले सुरक्षित हुने सामग्रीहरुको प्रयोग बढाएका छौं । कर्मचारीहरुले आफ्नो सुरक्षाका लागि पञ्जा, माक्स लगाउने काम गरिरहेका छन् । ग्राहक पनि नजिक नआओस् भने बार लगाएका छौं । स्यानिटाइजर प्रयोग गरेर मात्र भित्र आउन दिन्छौं । भिडभाड गर्न दिएका छैनौं । यसरी नै हामीले सुरक्षित भएर काम गरिरहेका छौं । ग्राहहको चाप पनि एकदमै घटेको छ । सबै काम इन्टरनेटबाटै गरिरहेका छौं ।

काउन्टरमा बस्नेलाई जोखिम

जोखिम सबै क्षेत्रमा छ । अस्पतालका चिकित्सकलाई पनि जोखिम छ । तर, उनीहरुले सेवा दिनेकि नदिने ? त्यो जोखिम हामीलाई पनि छ । जोखिम भएपनि हामी लागिरहेका छौं । अत्यावश्यक सेवामा आइसकेपछि हामीले सेवा दिने हो । अहिले धेरै स्टाफहरु घरबाटै काम गर्छन् । पहिले ४÷५ जना काउन्टरमा बस्थे भने अहिले एक दुई जना मात्र बसिरहेका छन् । त्यस्तो धेरै समस्या छैन ।

बैंकिङ क्षेत्रमा कर्मचारी कटौती हुने अवस्था

अन्य क्षेत्रमा कर्मचारी हायर एण्ड फायर गर्न सकिन्छ । तर, बैकिङ क्षेत्रमा त्यो सम्भव छैन । हाम्रो नीति नियम पनि कडा छ । जतिबेला जेसुकै भएपनि हाम्रो कम्पनी धान्नसम्म कर्मचारीलाई कटौती गर्ने अवस्था हुँदैन । हामी त्यो पक्षमा छैनौं । मलाई लाग्छ, सबै बैंकहरुको हाम्रो जस्तै छ । कर्मचारी नै कटौती गर्ने खालको समस्या हाम्रोमा आउँदैन ।

हामी कहाँ कर्मचारी आइसकेपछि अन्य ठाउँमा जाने वातावरण पनि छैन । हामीसँग देशभर ८ सयभन्दा बढी कर्मचारी छन् । एक सय दुई शाखाहरु छन् । सबैसँग राय सल्लाह लिएर काम गरिरहेका छौं ।

डिजिटल बैकिङतर्फको ध्यान

मलाई लाग्छ, विकास बैंकहरुमा मोबाइल बैकिङमा नै हामी लिडर हौं । मोबाइल बैकिङलाई हामीले प्राथमिकताका साथ हेरिरेहका छौं । हामीसँग ३५ वटा एटिएम छन् । बैंकमा नआउने वातावरण निर्माण गरेका छौं । मोबाइल बैकिङको एउटा टोली बनाएका छौं । जोखिम नहुने गरी काम गरिरहेका छौं । त्यो हिसावले सीमित रकम कारोबार गर्न हामीले प्रमोट गरिरहेका छौं । हाम्रोमा मोबाइल बैकिङका ४५ हजारभन्दा बढी प्रयोगकर्ता छन् ।

मोबाइल बैकिङमा कहिले काहिँ नेटवर्क नभएको कारणले समस्या आउन सक्ने हो । तर, अन्य भौतिक तथा क्यास ट्रान्सर्फरमा त्यस्तो कुनै समस्या र जोखिम छैन । हामीले ग्राहक आउने वित्तिकै योे सुविधा पाउनुहुन्छ भन्ने कूरा गरेका छौं । इमेल मेसेज गरेका छौं । हाम्रो डिजिटल बैंकिङ चलाइरहेका छन् ।

(महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछानेसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.