‘आइएमई पे’ ले फेसबुकमार्फत सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम गर्दै

  २०७६ चैत ३० गते १२:०२     विकासन्युज


काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्द्धन गर्ने ग्रुपले जनाएकाे छ ।

कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.