सञ्चय कोषका ऋणिलाई व्याजमा १० प्रतिशत छुट, कोरोना पीडितलाई २ लाख क्षतिपूर्ति

  २०७६ चैत २८ गते १९:१५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चाय कोषबाट कर्जा लिएको ऋणिले चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । कोषबाट घर सापटी, घर मर्मत कर्जा, शैक्षिक कर्जा र सरल कर्जा लिएका सञ्चयकर्ताले चैत, बैशाख, जेठ र असार चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

कोरोना भाइरसको संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्नको लागि कोषले उक्त छुट दिन लागेको हो ।

साथै, कोषले २०७७ असार मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता रकम साउनसम्म बुझाउन सकिने गरि समय वृद्धि गरेको काेषका सहप्रशासक राजेन्द्र काफ्लेले जानकारी दिए । यस्तो छुट सुविधा कोषका संस्थागत ऋणिको लागि पनि भएको उनले विकासन्युजलाई बताए ।

साथै, कोषमा नियमित सञ्चय कोष कट्टी गरिरहेका सञ्चयकर्ताको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्ति बापत २ लाख रुपैयाँ पनि दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.