२४ घण्टामा ६ सय ३० को कोरोना परीक्षण, थपिएन नयाँ संक्रमित

  २०७६ चैत २८ गते १६:५५     विकासन्युज

काठमाडौं । गएको २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाल गएको २४ घण्टामा पिसिआर मेसिनबाट ६ सय ३० जनाको कोरोना परीक्षण भएको बताएका हुन् ।

काठमाडौंमा ४ सय १ जना र काठमाडौं बाहिर २ सय २९ जनाको कोरोना पहिचानको लागि नमुना परीक्षण भएको देवकोटाले बताए ।

साथै पछिल्लो २४ घण्टामा पनि कुनै नयाँ कोरोना भाईरस संक्रमित थपिएका छैनन । हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

देशभर हाल १ सय २५ जना आईसोलेसनमा र ८ हजार ६ सय ६० जना क्वारेन्टिनमा छन् ।

यस्तै र्यापिड डायगोनेस्टिक किटबाट हालसम्म कैलालीमा ३ सय ३९, कन्चनपुरमा १ सय ३७, कपिलबस्तुमा २१ र बागलुङमा १९ जना गरेर कुल ५ सय १६ जनाको कोरोना परीक्षण भएको छ । यो सबै परीक्षणको नतिजा नेगेटिभ आएको देवकोटाले बताए । देवकोटाले भने, ‘अन्य ठाउँमा पनि यसको प्रयोगबाट परीक्षण भईरहेको तर नतिजा आउन बाँकी रहेको छ ।’

यस्तै बिहिबार ईपिडियोमोलोजी र रोग नियन्त्रण महाशाखा र नेपाली सेनाले डडेलधुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णाली प्रदेशबाट ८५ गरेर कुल ७ सय ९ वटा नमुना काठमाडौंमा परीक्षणको लागि ल्याएको पनि उनले जानकारी दिए ।

देवकोटा भन्छन्, ‘यो सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.