सुनचाँदी महासंघले वर्दिवास अस्पताललाई प्रदान गर्यो १० थान पीपीई

  २०७६ चैत २८ गते १६:०५     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले स्थानीय वर्दिवास अस्पताललाई १० थान पीपीई प्रदान गरेको छ । संघका केन्द्रिय कार्यसमिति सदस्य एवं महोत्तरी रत्न तथा आभुषण संघका अध्यक्ष सुधीर अग्रवालले स्थानीय वर्दिवास अस्पतालका मेडिकल सुपेरिडेण्ड डा. विधान चन्द्र झालाई १० थान पीपीई प्रदान गरेका हुन् ।

सो अवसरमा वर्दीवास नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेन्द्र चौधरी पनि उपस्थित थियो ।

महासंघका सदस्य संघहरुले मुलुकका विभिन्न स्थानहरुमा स्वास्थ्य सामग्रीका साथै विपन्न वर्गका लागि खाद्यान्न वितरण गर्ने कार्य चालू राखेका छन् ।

काठमाडौं उपत्यका लगायत हाल सम्म धनगढी, नेपालगंज, पोखरा, जनकपुर, धरान, विराटनगर आदि स्थानहरुमा स्वास्थ्य सामग्री वितरणका साथै मानवीय सेवा कार्यहरु संचालन भईरहेका छन् । यो कार्यलाई मुलुकभर विस्तार गर्ने गरी महासंघ र आवद्ध संघहरु क्रियाशिल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.