सनराइज बैंकले अनलाइनबाटै सार्वजनिक गर्यो २०७७ सालको क्यालेन्डर

  २०७६ चैत २८ गते १५:०८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषय वस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्फत आफ्ना ग्राहकहरुसम्म पुर्याउने निधो गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लकडाउन र वर्क फ्रम होमलाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कनफिरेन्सिङ मार्फत सार्वजनिक गरेको हो ।

बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको सुरक्षा र सहज्तालाई प्राथमिकता दिँदै आएको र आउने दिनहरुमा पनि दिँदै जाने जनाएको छ ।

सर्वसाधारणले बैंकको बेवसाइट
https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf
बाट क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.