सिभिल बैंकको मुद्दती निक्षेपकाे म्याद सकियाे ? नवीकरण गर्न यी नम्बरमा फोन गर्नुहोस्

  २०७६ चैत २८ गते १३:४२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले लकडाउनको अवधिमा म्याद सकिएको मुद्दती निक्षेपहरु नवीकरणको लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ । बैंकले शुक्रबार एक सूचना जारी गरी निक्षेप नवीकरण गर्न चाहने ग्राहकहरुलाई कम्पनीको कर्मचारीहरुको सम्पर्क नम्बर उपलब्ध गराएको हो ।

बैंकको सूचना अनुसार म्याद सकिएका मुद्दती निक्षेपहरु नवीकरणको लागि ग्राहकले बैंकका कर्मचारी काश्यप मानन्धरलाई ९८४१२८३५१२ र सोफिया श्रेष्ठलाई ९८४१९३०७१० नम्बरमा सम्पर्क गर्न सक्ने छन् । त्यस्तै, उनीहरुले इमेल मार्फत पनि नवीकरण गर्न सक्नेछन् । जसका लागि काश्यप मानन्धरको इमेल आईडी  kashyap.manandhar@civilbank.com.np र सोफिया श्रेष्ठको sofiya.shrestha@civilbank.com.np मा मेल गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले लकडाउनको अवधिमा आफ्ना बैंकिङ्ग काउन्टरहरु सूचारी गरिरहेको छ । त्यस्तै, बैंकले कोरोनाको सम्भाव्य संक्रमणलाई न्यून गर्न आफुलाई आवश्यक बैंकिङ सेवाहर विद्युतीय माध्यमबाट गर्न अनुरोध गरेको छ ।

साथै, बैंकले ग्राहकहरुको खाताको व्यक्तिगत विवरण जस्तै यूजर नेम, पासवर्ड, एटीएम पीन लगायतको गोप्य विवरणहरु कहिल्यै नमाग्ने हुँदा यस प्रति सजग रहन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.