प्रधानमन्त्री ओली र मोदीकाे टेलिफोन सम्वादः कोरोना विरुद्द लड्न सहकार्य गर्ने सहमति

  २०७६ चैत २८ गते १३:१७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन सम्पर्क गरेका छन् । उनले आज एक ट्वीट गर्दै मोदीसँग फोनसम्वाद भएको जानकारी गराएका छन् ।

उनले मोदीसँग कोरोनाविरुद्द लड्नका लागि नेपाल भारतले सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्,‘मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें,कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं, लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.