दैलेखको एक नगरपालिकाले स्वास्थ्यकर्मीका लागि छुट्टै भत्ता दिने

  २०७६ चैत २८ गते ११:२९     विकासन्युज

दुल्लू । सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सेवा सुविधा दिने व्यवस्था मिलाए पनि दैलेखको एक स्थानीय तहले तीबाहेक छुट्टै भत्ता दिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्ना कार्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै प्रोत्साहन भत्ता दिने भएको हो ।

स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र यो महामारी रोकथाम र नियन्त्रण गर्न उनीहरूको ठूलो योगदान हुने हुँदा उनीहरुका लागि छुट्टै भत्ताको व्यवस्थापन गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । “निर्णयानुसार मेडिकल अधिकृतलाई रु तीन हजार, स्वास्थ्य कर्मचारीलाई रु दुई हजार र श्रेणीविहीन कर्मचारीलाई रु एक हजार ५०० प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइने छ”, उनले भने ।

नगरपालिकाले स्थापना गरेको रु ६३ लाखको विपद् कोषबाट थप प्रोत्साहन भत्ता दिने ११ स्थानीय तहमध्ये दैलेखको यो पहिलो हो । तेह्र वडा रहेको यो पालिकामा दुई चिकित्सकसहित ११९ स्वास्थ्यकर्मी रहेका छन् । स्थानीय तहले यो विशेष सेवा दिनु एकदमै आवश्यक रहेको र स्वास्थ्यकर्मी पनि उत्साहित भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.