लकडाउनमा पनि अब उद्योग चल्ने, मजदुरलाई स्वास्थ्य मन्त्रालयले हेर्ने

  २०७६ चैत २८ गते ११:००     राजाराम न्याैपाने

काठमाडौं । सरकारले लकडाउनमा पनि उद्योग सञ्चालन गर्न दिने भएको छ । लकडाउनको कारणले १७ दिनदेखि अत्यावश्यक बाहेका सबै उद्योगहरु बन्द छन् । उद्योग मन्त्रालयले चरणबद्ध रुपमा सबै उद्योग सञ्चालन गर्ने कार्य अघि बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

‘देशका उद्योगधन्दाहरु बन्द हुद देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ, विकासका काम र राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालनका लागि सरकार लागिरहेको छ,’ भट्टले भने ।

उद्याेगमा काम गर्ने मजदुरको स्वास्थ्य के कस्ताे छ भन्ने तथा कसरी सुरक्षित राख्ने भन्ने विषयका समन्वय स्वास्थ्य मन्त्रालयले हेर्नेछ । विश्व स्वास्थ्य संघठनले तोकेको मापदण्ड अनुसार नै मजदुरको स्वास्थ्य परीक्षण गरिने मन्त्री भट्टले बताए ।

‘तेल उत्पादन गर्न भुष चाहिन्छ, उत्पादन गरिसकेपछि प्याकिङ् गर्न प्लास्टिक वा बोतल चाहिन्छ, एउटा उद्योगले उत्पादन गरेको बस्तु अर्काे उद्योगलाई चाहिन्छ, त्यसैले सरकारले सबै उद्योग सञ्चालन गर्न दिन लागेको हो,’ उनले भने ।

सरकारले राष्ट्रिय गाैरबका आयोजना निर्माणमा पनि समस्या नआउने प्रबन्ध मिलाएकाे छ ।

हाइड्रो परियोजना १ वर्ष धकेलियो भने त्यसको लागत बढ्छ । लागत बढदा आर्थिक भार थपिन्छ । हाइड्रो लगायतका विकासका परियोजना सञ्चालन गर्न सिमेन्ट, फलाम लगायतका बस्तु चाहिन्छ । त्यसैले सबै उद्योगहरु खुल्न लागेको मन्त्री मन्त्री भट्टले जानकारी दिए ।

उद्योग सञ्चालन हुदा स्वदेशमा नै उत्पादन भएको बस्तु बजारमा पठाउन सहज हुनेछ । उद्योगका लागि आवश्यता पर्ने कच्चा पदार्थ पनि ल्याउन सरकारले सहजिकरण गर्नेछ ।  लकडाउनको समायमा उद्योग सञ्चालन गर्दा मजदुरहरुलाई उद्योगमा नै राखेर काममा लगाउने र स्वास्थ्य परीक्षण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.