नामी कलेजकाे पठनपाठन अनलाईनबाटै

  २०७६ चैत २८ गते १२:०८     डाेमी शेर्पा

काठमाडौं । काेराेना भाइरस (कोभिड १९)को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि गत चैत ११ गते देखि लकडाउनमा रहेको छ ।  यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन ।

यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्रमा पनि यसको प्रभाव निकै ठूलाे परेकाे छ । तर यस्ता केही शैक्षिक संस्थाहरु छन् जसले अनलाईन कक्षाहरु संचालन गर्दै विद्यार्थीलाई लकडाउनको महसुस गराउन दिएका छैनन् ।

त्यही मध्ये एक कलेज हो गोकर्णश्वर स्थित नयाँ आयम मल्टी डिसिप्लनरी ईन्स्टिच्युट (नामी) । बेलायतको युनिभर्सिटी अफ नर्थ हेम्पट्नबाट मान्यता प्राप्त नामी कलेजले हाल ब्याचलर्स तहको कक्षा अनलाईनमार्फत सुरू गरेकाे छ ।

कोरोनाको संक्रमणलाई महामारी घोषणा गरिएसँगै लकडाउन हुने संभावनालाई मध्यनजर गर्दै अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको कलेजका प्रधानध्यापक संजीव उदासले बताए । मे महिनामा सेमेस्टर जसरी पनि अन्त्य गर्नुपर्ने भएकोले पनि आफूहरु पूर्ण रुपमा तयारी अवस्थामा बसेको उदासले जानकारी दिए ।

विश्वविद्यालयकै एप मार्फत हाल कलेजले कक्षाहरु संचालन गरिरहेको छ । लकडाउन कहिले खुल्ने तय नभएकोले विद्यार्थीहरुको अन्योलमा पर्ने हुनाले अनलाई कक्षाहरु संचालनमा ल्याईएको उनी बताउँछन् ।

उदास भन्छन्, ‘ हाल कोरोना भाईरसको कारण लकडाउन भयो, भोलि अर्को के समस्या आईपुग्छ भनेर हामी भन्न सक्दैनौं । त्यसैले अब सबै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गर्ने प्रविधीतर्फ बढ्न जरुरी छ ।’

अनलाईन कक्षा र वास्तविक कक्षाकोठाहरुमा खासै फरक नभएको उनी बताउँछन् । अनलाईन कक्षामा भएको सबै पढाई रेकर्ड हुने र कुनै विद्यार्थीले ईन्टरनेट समस्या भएको कारण कक्षामा सामेल हुने नपाएको अवस्थामा पछि रेकर्ड भएको कक्षाको पढाई दोहोराएर पढ्न पाउने उनले बताए ।

सन् २०१४ मा स्थापना भएको नामी कलेजले प्लस २ देखि ए लेभल र एमबीए सम्मको कोर्स संचालन गर्दै आएको छ । कलेजमा अहिले ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.