कृषिजन्य सामाग्रीको उचित मूल्य र बजार व्यवस्थापन गर्न सरकारसँग माग

  २०७६ चैत २७ गते २०:५६     विकासन्युज

काठमाडौं । कृषिजन्य उत्पादित सामाग्रीको उचित मूल्यमा बजार र आपूर्ति व्यवस्थापन गर्न सहयोग गर्ने राष्ट्रिय किसान आयोगले सरकार समक्ष ध्यानकेन्द्रित गरेको छ ।

कोरोनाको फैलिएसँगै सरकारले गरेको लकडाउनबाट प्रभावित मानिसलाई सहज बनाउन सरकारले आवश्यक पर्ने सामाग्री ढुवानी तिर कृषि मन्त्रालय मार्फत कृषि आयोगले सरकारको ध्यान केन्द्रित गरेको हो ।

कृषकको लागि आवश्यक राहतका विशेष कार्यक्रम संचालन गराउने र यो अवस्थामा आन्तरिक बजारलाई अविलम्व नियमित र व्यवस्थित गर्न निश्चित मापदण्डको आधारमा ढुवानी सेवा नियमित रुपमा संचालन गर्नु पर्ने जनाएको छ ।

नेपाल सरकारले जारी गरेको निर्देशनलाई गम्भिरता पूर्वक पालना गर्दै अर्थतन्त्रमा उद्योग व्यवसाय, उत्पादन, दैनिक कामकाज र जन जीवनमा ठूला धक्का परिरहेको आयोगको भनाई छ ।

उद्योग, व्यवसाय ठप्प हुदाँ राज्यले ठूलो क्षति व्यहोर्न बाध्य छ । दुग्ध, तरकारी फलफूल उत्पादक किसानहरु, मत्स्य, कुखुरा, पालक र अण्डा उत्पादक किसानले आफ्नो उत्पादनको बजार नहुँदा ठूलो क्षति व्यहोर्नु परेको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.