रसुवाका सांसद आचार्यले काेराेना अभियानमा खटिने स्वास्थ्यकर्मीलाई वितरण गरे स्वास्थ्य सामग्री

  २०७६ चैत २७ गते १९:२६     विकासन्युज

काठमाडाैं । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

जिल्ला बिपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवा लाई उपलब्ध गराइएको सामग्रीमा ४० थान पीपीई सेट, यसैगरि चस्मा चालीस थान, बुट ४० थान रहेको छ भने ४ सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा १५ सय थान रहेको छ ।

सांसद आचार्यले प्रदान गरेका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले धेरै सहज हुने बताए ।

यसअघि पनि सांसद आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । सांसद आचार्यले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न समेत उपलब्ध गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.