एनएमबि बैंकले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्याे १०० थान पीपीई

  २०७६ चैत २७ गते १७:४५     विकासन्युज


काठमाडौं । एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी १०० थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले चैत २७ गते बिहीबारको दिन उक्त सरकारका चिकित्सकका लागी आवश्यक पीपीई हस्तान्तरण गरेको हो ।

एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड-१९ विरुद्धकाे  स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त पीपीई प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईलाई मुख्य मन्त्रि कार्यालय, बिराटनगरमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष हस्तान्तरण गरेका हुन्।

कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

‘यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक छौं’, प्रदेश प्रमुख घिमिरेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.