सनराइज बैंकले सेती प्रादेशिक हस्पिटललाई वितरण गर्यो २५ थान पीपीई

  २०७६ चैत २७ गते १७:२४     विकासन्युज

काठमाडौं । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सेती प्रादेशिक हस्पिटललाई २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सो मात्राको पीपीई हस्तान्तरण गरेको हो ।

बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री (पीपीई) हस्तान्तरण गरेका हुन् ।

अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेकोमा धन्यवाद दिएका छन् । बैंककाका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको बताए ।

बैंकले हालसम्म विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी (पीपीई) उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.