सामाजिक सञ्जालमा प्रधानमन्त्रीबारे अफवाह फैलाउने दुई पक्राउ

  २०७६ चैत २७ गते १७:१८     विकासन्युज

काठमाडाैं । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य मन्त्रीबारे अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  खोटाङ ऐसेलुखर्क-१का २६ वर्षीय तारा नाछिरिङ, काभ्रे पनौती नगरपालिका-का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ छन्।

उनीहरूले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको फोटो प्रयोग गरी मान मर्यादामा आँच पुर्‍याएको प्रहरीको भनाइ छ। उनीहरू बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बसिरहेका थिए।

उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ले बन्देज गरेका सामग्रीहरू प्रकाशन गरेका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.