ओमान सरकारले सम्पूर्ण विदेशीलाई आफ्नो नागरिकसरह सेवा दिने

  २०७६ चैत २७ गते १७:११     विकासन्युज

काठमाडौं । ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई समेत ओमान नागरिकसरह सम्पूर्ण सेवा दिने भएको छ । कोरोनाको फैलिएसँगै आफ्नो देशमा कार्यरत सम्पूर्ण नागरिकलाई ओमानी नागरिकसरह रोगको परीक्षण र उपचार नि शुल्क हुने व्यहोरा जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्दै ओमानका सरकार प्रमुखले सम्पूर्ण नेपालीलाई सुरक्षा र सहयोग गर्ने प्रतिवद्धता जायर गरेका छन् । त्यस्तै आजको मितिसम्म ओमानमा नेपालीलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त नभएको ओमानस्थित नेपाली रानदूतावासले जानकारी दिएको छ ।

हालसम्म ओमानमा २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । त्यस्तै ७२ जना नागरिक उपचार पछि घर फर्किएका राजदूतावासले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.