कोरोना सङ्क्रमितलाई आत्मबल बढाएर उपचारमा रहन मुख्यमन्त्रीको आग्रह

  २०७६ चैत २७ गते १६:१९     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझेका । मुख्यमन्त्री गुरुङले बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा जानकारी लिए मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले उनलाई फोन गरी नआत्तिकन आत्मबल बढाएर उपचारमा रहन आग्रह गरे । मुख्यमन्त्री गुरुङले युवतीसँगको कुराकानीमा मन दह्रो गरेर बसे छिट्टै निको हुने बताउँदै रोग निख्रेपछि मात्र घर जानुपर्ने सुझाव दिएकाे न्यौपानेले भने ।

सङ्क्रमित युवतीले आफ्नो स्वास्थ्यावस्थामा क्रमिक सुधार हुँदै गएको र चिकित्सक एवम् स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरिरहेको मुख्यमन्त्रीलाई जानकारी दिएका थिए । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं उनीसँग बेल्जियमबाटै ६५ वर्षीया एक अर्की महिला पनि आएका थिए । त्यही दिन आन्तरिक उडानमार्फत पोखरा आएकी उनीले पोखराबाट जीप रिजर्भ गरेर बागलुङ पुगेका थिए ।

चैत ४ गते कतार एयरवेजमा आएकी युवतीमा कोरोना देखिएपछि वृद्धाको पनि स्वाब परीक्षण गरिएको थियो । स्वाबको नमूना पोजेटिभ देखिएपछि अहिले बागलुङको धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचारत छन् । बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएपछि अहिले दुवै धौलागिरि अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेको छ । पैँसट्ठी वर्षीया महिलामा दम रक्तचाप समस्या छ । युवतीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा प्रदीप श्रेष्ठले जानकारी दिए ।

गलकोट– नेपालमा पाँचौँ कोरोना संक्रमित बागलुङकी युवतीको स्वास्थ्यवस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जानकारी लिए । मुख्यमन्त्री गुरुङले चैत १५ गते कोरोना पुष्टि भएसंँगै अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा उपचार गराइराखेकी १९ वर्षिया युवतीलाई फोन गरी स्वास्थ्यावस्थाबारे जानकारी लिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिए ।

बेल्जियमबाट कतार हुँदै नेपाल आउने उनको स्वास्थ्यावस्था सामान्य रहेको मुख्यमन्त्रीसँगको कुराकानीमा युवतीले जानकारी दिइन् । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई दुई मिनेट ३० सेकेण्ड फोनमा कुराकानी गर्दै पर्याप्त पानी पिउनसमेत सुझाव दिए। नआत्तिकन आइसोलेसनमा बस्न युवतीलाई मुख्यमन्त्रीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.