यात्रु घर पठाउने गाडीको व्यवस्था सरकारले नै गर्ने, कुन-कुन रूटमा चल्छन् ?

  २०७६ चैत २७ गते १६:००     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई घर आफ्नो जिल्लामा जाने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

स्रोतका अनुसार लकडाउनको कारण काठमाडौंमै रहेका नागरिकहरुलाई सरकारले स्कटिङ गरेर घर पठाउने छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् ।

अब सरकारले उनीहरुको सहजका लागि दुई दिन गाडी उपलब्ध गराउने भएको छ । विभिन्न जिल्लामा जानका लागि सरकारले नै गाडीको व्यवस्था गर्ने स्रोतले बतायो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले तयारी गरिरहेको छ । घर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको स्रोतले जानकारी दिएको छ ।

स्राेतका अनुसार उपत्यका बाहिरका सबै जिल्लामा केही सीमित गाडीहरूकाे व्यवस्था गरी घर पठाइने बताएकाे छ । हालसम्म गाडी कुन-कुन जिल्ला पठाइने हाे वा कुन-कुन रूटमा गाडी चलाइने हाे भन्ने यकिन खुलेकाे छैन । तर, यात्रुकाे संख्या हेरेर गाडी पठाउन सकिने बुझिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.