भाेलि र पर्सी काठमाडाैं बाहिर जान पाइने, कुन-कुन गाडी चल्छन् ?

  २०७६ चैत २७ गते १५:२७     विकासन्युज

काठमाडाैं । सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई सरकारले अब बाहिर जान दिने भएकाे छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ । स्राेतका अनुसार सरकारले गाडीकाे बन्दाेबस्त गरेर पठाउने छ । सरकारले निश्चित गाडीहरू तय गरे नागरिकलाई उपत्यका बाहिर जाने तयारी गरिरहेकाे बताइएकाे छ ।

जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् । यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.