प्रहरीसँगै अब प्राधिकरणका कर्मचारीकाे पनि तलब काटिने, फिल्डमा खटिनेले भने बढी पाउने

  २०७६ चैत २७ गते १५:०५     विकासन्युज

काठमाडाैं । अब नेपाल विद्युत प्राधिकरणका कर्मचारीको पनि तलब काटिने भएकाे छ । प्राधिकरणकाे अर्थ निर्देशनालयले आफ्ना सबै कार्यालयलाई कर्मचारीहरूकाे तलब काट्न निर्देशन दिएइसकेकाे हाे ।

प्राधिकरणको अर्थ निर्देशनालयबाट बुधबार जारी सूचनामा चैत महिनाको तलबमा अनिवार्य रुपमा रकम कट्टा गरेर केन्द्रमा पठाउन निर्देशन दिइएको छ । साे निर्णय प्राधिकरण सञ्चालक समितिले चैत १४ गते गरेको थियाे ।

प्राधिकरणका १ तह देखि ५ तहसम्मका कर्मचारीको सुरु तलबको ३ दिन बराबरको रकम, ६ देखि ९ तहसम्मका कर्मचारीको सुरु तलबको ५ दिन बराबरको रकम र ९ तहभन्दा माथिका कर्मचारीको सुरु तलबको एक हप्ता बराबरको रकम कट्टा गरी कोषमा जम्मा गर्नुपर्ने विज्ञप्तप्तीमा उल्लेख छ ।

तर,  प्राधिकरणले लकडाउन अवधिभर फिल्डमा खटिने कर्मचारीका लागि खाइपाइ आएको तलव सुविधामा अतिरिक्त सुविधा दिने घोषणा गरेको छ ।

प्राधिकरणले नो लाइट, मिटर सिकायत र मर्मत सम्भारको कार्यका लागि फिल्डमा खटिने कर्मचारीलाई सुरु तलबको ५० प्रतिशत र प्रशारण निर्देशनालय अन्तर्गत ग्रीडमा कार्यरत फिल्डमा खटिने मर्मत सम्भार टिमका कर्मचारीलाई ३० प्रतिशत थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, बुधबार नै प्रहरी प्रधान कार्यालय नक्सालले पनि प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गगरेकाे थियाे ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले एक विज्ञप्ति जारी गर्दै वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिएको थियाे । जसकाे अहिले सामाजिक सञ्जालमा विराेध भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.