सिजी इलेक्ट्रोनिक्सले बढायाे घरायसी सामाग्रीको वारेन्टी समय 

  २०७६ चैत २७ गते १४:०५     विकासन्युज

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले कोरोना भाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो घरायसी सामाग्रीहरुको वारेन्टी समय लम्बाएको छ । कम्पनीले आफ्ना ब्राण्डहरु इलजी, सिजी, गोदरेज, टिसीएल, सेसिई तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको हो ।

कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितीलाई मध्य नजर गर्दै, २० मार्च, २०२० देखि ३० अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामाग्रीहरुको म्याद ३१ मे, २०२० सम्मका लागि थप गरीएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.