आफ्नो प्रणालीबाट ग्राहकको सूचना चोरी भएको भायनेटद्वारा स्वीकार, यी सावधानीहरु अपनाउन आग्रह

  २०७६ चैत २७ गते १३:५१     विकासन्युज


काठमाडौं । भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको स्वीकारेको छ । जसमा केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको कम्पनीले पत्ता लगाएको छ ।

यससँगै भायानेटले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेको जानकारी गराएको छ । कम्पनीको प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ ।

कम्पनी अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा रहेको र सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेको छ । यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदै र ब्यूरोद्वारा सम्भावित प्रभावको चाँडै नै समाधान हुने कम्पनीले आशा गरेको छ ।

यो अप्ठ्यारो घडिमा ग्राहकहरुलाई निम्न लिखित सावधानीहरु तुरुन्तै अपनाउन कम्पनीले आग्रह गरेको छ ।

१. कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिन र गैर-प्रमाणित एवं शंकास्पत इमेल नखोल्न र आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिन आग्रह गरेको छ ।

२. यदि भायानेटबाट कल आयो भने, आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गनुपर्नेछ:
– ९८०१०४६४१०
– ०१–५९७०४४४ वा
– ०१४२१७५५५
यी नम्बरहरु सेभ गर्न अनुरोध गरेको छ । त्यस्तै, आएको कल वास्तवमै भायानेटबाट आए-नआएको सजिलै चिन्न सकिनेछ ।

३. यदि भायानेटबाट कुनै पनि इमेलहरु आयो भने कृपया उक्त इमेल @vianet.com.np डोमेनबाट आए-नआएको सुनिश्चित गर्नुपर्ने छ ।

४. यदि कुनै पनि समस्या परेमा यी नंम्बरमा सम्पर्क गर्न सकिनेछ:
कल सेन्टरः ०१-५९७०४४४, ९८०१०४६४१०
फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
ईमेलः customercare@vianet.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.