नेपाल एसबिआई बैंकद्वारा कोरोना रोकथामको लागि विभिन्न स्वास्थ्य सामाग्री सहयोग

  २०७६ चैत २७ गते ११:४७     विकासन्युज


नेपालगञ्ज । नेपाल एसबिआई बैंकको कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग गरेको छ। बैंकले उक्त गाउँपालिकालाई करिब ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकले एक कार्यक्रमकाबीच ३ थान व्यक्तिगत सुरक्षा कवच (पीपीई), सेनिटाइजर, साबुन, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब ८२ हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रदेश ५ का प्रमुख टिकेन्द्र खड्का, कोहलपूर शाखा प्रमुख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.