लकडाउनपछि देशैभर ५० किसिमका कृषिजन्य उद्योग खोल्छौं: पवनकुमार गोल्यान

  २०७६ चैत २७ गते १०:१५     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनको समयमा धेरै उद्योगीहरु उद्योग सम्बन्धी केही सोच्न नसकेको बताउछन् । तर उद्योगी पवनकुमार गोल्यान भने लकडाउनको समयमा नेपालमा कसरी उद्योग विस्तार गर्न सकिन्छ भनेर याेजना बनाइरहेका छन् ।

‘लकडाउनको बेल देशलाई कसरी आत्मनिभर गराउने भनेर सोचिरहेको छु, लकडाउन पछि देशभर ५० प्रकारको कृषिजन्य उद्योग स्थापना गर्ने लक्ष्यकासाथ हाम्रो ग्रुपले काम गरिरहेको छ,’ गोल्यानले विकासन्युजसगँ भने ।

कृषि क्षेत्रलाई अहिले महत्व दिनु पर्ने भन्दै उनले कृषकलाई उत्पादन बृद्धी गर्न गर्न सहजीकरण र कृषकले आफ्नो खेतबारीसम्म गएर खेतीपातीको काम गर्न सजिलो हुने वातावरणा बनाउनु पर्ने गोल्यान बताउछन् ।

कृषकलाई सरकारले विनाधित्तो दिने भनेको १५ लाख रूपैयाँ ऋणको सदुपायोग गरेर कृषकलाई कृषिजन्य उत्पादनमा प्रत्यक्ष जोडेर देशलाई कृषिमा आत्मनिभर हुने गरी याेजना बनाए कार्यान्वयनकाे पहल गोल्यान समूहले गरिरहेको छ ।

सरकारले किसानलाई आफ्नो काम गर्न दिने र आवश्यक परेको खण्डमा कृषको उपचार निशुल्क गर्नुलगायतका कुराहरू सहजीकरण गर्नु पर्ने उनी बताउछन् ।

साना उद्योगमार्फत देशको अर्थतन्त्रमा ठूलो उपलब्धि हासिल गर्न सहयोग मिल्ने भन्दै उनले पोटाटो चिप्स, टमाटरको सस, भुजिया, दालमोठलगायतका कृषिजन्य उत्पादन गर्ने ५० किसिमका उद्योग स्थापनाकाे गृहकार्य भइरहेकाे जानकारी दिए । एउटा उद्योगमा १० जना देखि ५ सय जनासम्मले रोजगार पाउने गोल्यान बताउछन् ।

४/५ लाख रूपैयाँमा साना–साना उद्योगहरू स्थापना गर्न सकिने उनले बताए । कृषिजन्य उत्पादनका लागि घरका परिवारका सदस्यहरूले समेत चलाउन सक्ने गोल्यान बताउछन् । गोल्यानले स्थापना गर्न लागेको कृषिजन्य उद्योगमा स्थानीय कृषकदेखि आमा समूहसम्म संलग्न हुन सक्छन् ।

नेपालमा नै उत्पादन गर्न सकिने आलु चिप्स, टमाटरको सस, भुजिया, दालमोठलगायत बस्तुहरु अर्बौं रुपैयाँको आयात हुने गरेको छ । आयात हुने सामान्य बस्तुहरु नेपालमा नै उत्पादन गर्न सके देशको पैसा विदेश नजाने गोल्यानले बताए ।

उत्पादनका लागि सीप सिकाउन, बजारीकरणमा गोल्यान समूहले नै सहयोग गर्छ । गोल्यान समूहले मापदण्ड बनाउने र माल किनेर समूहले नैे प्याकेजिङमा सहयोग गर्नेछ ।

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो ।

आयात व्यापारमाभन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागिरहेको छ गोल्यान समूह ।

बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी गरिसकेको छ । समूहले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिसकेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने उद्देश्यका साथ ग्रुपले काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.