साउदीमा कोरोनाबाट निको भएर काममा फर्किए तीन नेपाली

  २०७६ चैत २६ गते २०:०६     विकासन्युज

काठमाडौं । साउदी अरबमा कोरोनाको संक्रमण भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३ जना निको भइ काममा फर्किएका छन् ।

साउदी स्थिति नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै  पछिल्लो समय  नेपालीमा कोरोना संक्रमण नदेखिएको जानकारी गराएकाे हाे ।  तीन जनालाइ पुन रूपमा निकाे भएकाे र एक जना कोरोना संक्रमित नेपालीको उपचार भइरहेको जानकारी दिँदै राजदूतावासले उनीहरूकाे नाम गोप्य राखेको छ ।

साउदी अरबमा तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.