कुवेतमा ३ नेपाली कोरोना संक्रमित, दूतावासमा गुनासो बढ्दाे

  २०७६ चैत २६ गते २०:३०     विकासन्युज

काठमाडौं । कुवेतमा ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय नेपालीको प्रमुख रोजगार गन्तव्यको रुपमा स्थापित भईरहेको कुवेतमा ३ जना नेपालीमा कोरोना संक्रमण रहेको दूतावासले जानकारी दिएको छ ।

कोरोना फैलिएसँगै पछिल्ला दिनमा कुवेतमा रहेका नेपालीको गुनासो बढ्दै गएको कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले बताए । उनले भने, ‘कोरोनाको संक्रमण बढ्दै गएसँगै कम्पनीहरु बन्द भईसकेका छन् । भीडभाडजन्य सबै काम बन्द छ, स्वास्थ्य अवस्थामा चिन्ता मात्र नभई रोजगार गुम्ने हो कि भन्ने आम मानिसमा एक खालको त्रास उत्पन्न भएको छ ।’

चीनको उहानबाट शुरुभएको कोरोनाले विश्वभरीका ८३ हजार ४ सय ४२ जनाको मृत्यु भएको छ भने १२ लाख ५६ हजारभन्दा बढी नागरिक संक्रमित छन् । कुवेतमा साझ ५ बजेदेखि विहान ६ बजेसम्म कर्फू चलिरहेको छ ।

त्यस्तै कोरोना संक्रमित बढेसँगै कुवेत सरकारले मार्च १ तारिकदेखि आशिंक आममाफी घोषणा गरेको राजदूत भण्डारीले जानकारी दिए । रोजगारीमा कुवेत रहेका विभिन्न देशको श्रमिकलाई निशुल्क आ आफ्नो देश फर्काउने व्यवस्था सरकारले गरेको छ । आंशिक आममाफी घोषणामा कोरोना नियन्त्रण भएसँगै पून कुवेत रोजगारीको लागि जान पाउने व्यवस्था छ ।

पछिल्लो समय कुवेतमा ८ सय ५५ जनामा कोरोना भाइरस देखिएको छ । त्यस्तै १ जनाको मृत्यु भएको छ, भने १ सय ११ जनाको कुवेतका नागरिक उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.