कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ? डा. रवीन्द्र पाण्डेकाे धारणा यस्ताे छ

  २०७६ चैत २६ गते १९:१५     विकासन्युज

काठमाडाैं । हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ ।

कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन । नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । रुघा लागेको व्यक्तिको म्युकस, मयल, ठाउँ अनुसारको फोहोर नोटमा लामो समयसम्म रहन्छ ।

स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ। क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ | कार्ड पनि संक्रमित हुनसक्छ । ओंलाइन कारोबार भने सुरक्षित मानिन्छ । 

– चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोट नष्ट गरिंदै आएको छ | टर्कीमा पैसालाई संक्रमणरहित बनाउने मेसिनको प्रयोग गरिएको छ । त्यस्तै कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर तथा १७० डिग्री से तापक्रम दिएर बजारमा पठाइन्छ | यसको लागि अल्ट्राभ्वाइलेट रे को प्रयोग गरिन्छ । त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता क्वारेन्टाइनमा राखिन्छ भने अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दछ ।

– अध्ययनले बताएको छ, १० % कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन्छ | जसलाई रातभर सुख्खा ठाउँमा राख्ने हो भने वा २ घण्टा घाममा राख्ने हो भने सामान्यतया संक्रमणरहित हुन्छ | केहि देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने पनि अभ्यास रहेको छ ।

–  क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गरिन्छ | हाम्रो परिप्रेक्ष्यमा ग्लोभ लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर दिने ( पैसा फिर्ता लिनु नपर्ने गरि ) गर्नु उपयुक्त हुन्छ ।

–  यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको हात धुने नै हो | पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो |

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेकाे फेसबुकबाट साभार गरिएकाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.