सरकारकाे कोरोना कोषमा सहयाेग गर्ने बढे, हालसम्म करिब २ अर्ब रुपैयाँ जम्मा

  २०७६ चैत २६ गते १८:२६     विकासन्युज

काठमाडौं। सरकारले कोरोना कोषमा सहयाेग गर्नेकाे संख्या बढ्दै गएकाे छ । काेराेना राेकथाम तथा न्युनिकरणका लागि विभिन्न व्यक्ति तथा संस्थाले सरकारलाई सहयाेग गरेसँगै काेष पनि बढ्दै गएकाे हाे ।

हाल सम्म काेषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबार साँझसम्म एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको बताइएकाे छ।

बुधबार मात्रै दुई करोड ७१ लाख पाँच हजार छ रुपैयाँ कोषमा जम्मा भएको छ । योसँगै अहिलेसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ कोषमा जम्मा भएको बताइएको हाे ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ३४ हजार, अर्थ मन्त्रालयले ११ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले पाँच लाख ८३ हजार, डिपार्टमेन्ट अफ हाइड्रोलोजीले चार लाख ३३ हजार, नारायणी अस्पतालले चार लाख ३१ हजार, रक्षा मन्त्रालयले दुई लाख ६७ हजार, न्याय परिषद् सचिवालयले दुई लाख ४३ हजार रुपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महिला आयोगले समान एक लाख ९४ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, अहिलेसम्म नाम नखुलेको विभिन्न व्यक्ति तथा संस्थाबाट दुई करोड आठ लाख २० हजार ५८७ रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेपालमा हालसम्म ९ जनामा काेराेना भाइरस देखिएकाे छ । जसमा एकजनालाइ निकाे भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् । सरकारले पछिल्लाे समय काेराेना परीक्षणकाे दायरा पनि बढाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.