राष्ट्रपतिबाट बेलायती प्रधानमन्त्रीकाे स्वास्थ्यलाभको कामना

  २०७६ चैत २६ गते १८:१५     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफाेन मार्फत बेलायती प्रधानमन्त्रीकाे स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औंल्याएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.