सुनचाँदी महासंघले सेती प्रादेशिक अस्पताललाई दियो पीपीईसहित विभिन्न स्वास्थ्य सामाग्री

  २०७६ चैत २६ गते १८:०४     विकासन्युज


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले धनगढीको सेती प्रादेशिक अस्पताललाई विभिन्न स्वाथ्य सामाग्री प्रदान गरेको छ ।

महासंघका मध्य तथा सुदूर पश्चिम प्रदेशका प्रमुख कमल प्रसाद लामिछानेले चैत २६ गते उक्त अस्पतालका इमर्जेन्सी वार्ड प्रमुख डा. कृष्ण बहादुर वोहोरा र स्टोर प्रमुख जगत बहादुर सिंहलाई डाक्टरहरुले छनोट गरे अनुसारको १५ थान उच्चस्तरीय पीपीई, १८० थान पञ्जा र १०० थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।

महासंघका सदस्य संघहरुले मुलुकभरका विभिन्न जिल्लामा उपचारका सामग्रीका साथै निम्न आय भएका परिवारहरुमा खाद्यान्न वितरण आदि मानवीय सेवा कार्यहरु संचालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.