मेगा बैंकले प्रदेश नम्बर ५ लाई पनि दियाे ५ लाख रूपैयाँ

  २०७६ चैत २६ गते १६:४३     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि पछिल्लो पटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्।

यससँगै बैंकले नेपालका ७ वटै प्रदेशलाई ५-५ लाख रुपैयाँ हस्तान्तरण गरिसकेकाे छ ।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५-५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.