चेम्बरकाे मास्क वितरण कार्य जारी, जाजरकोटमा आफ्नै लगानीमा हात धुने धारा निर्माण

  २०७६ चैत २६ गते १६:३३     विकासन्युज


काठमाडौं । चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा विभिन्न जिल्लामा सहयोग गर्दै आएको र उक्त सहयोग जारी राखेको छ । यससँगै, आज(बुधबार) पनि विभिन्न जिल्लाका चेम्बरले विभिन्न स्थानमा माक्स लगायत विभिन्न सामानहरु वितरण गरेको छ ।

जसमध्ये चितवन चेम्बर अफ कमर्सले १० हजार मास्क वितरण गरेको छ । त्यस्तै, खैरहनी नगर चेम्बर अफ कमर्सले १४ सय ५० माक्स नगर पालिकालाई र ५ सय ३० माक्स इलाका प्रहरी कार्यालय खैरहनीलाई वितरण गरेको छ ।

त्यसैगरी, चेम्बर अफ कमर्स जाजरकोटले स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको छ । कमर्सले आफ्नै लगानीमा जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.