लकडाउन भर कृषि विकास बैंकको २०७ वटा शाखा खुल्ने, कुन शाखा कहिले ? (सूचीसहित)

  २०७६ चैत २६ गते १४:५४     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले हाल जारी रहेकाे लकडाउनकाे अवधिभर देशभरका २०७ शाखा कार्यालय खाेल्ने भएकाे छ । बैंकले आज चैत २६ गतेदेखि आगामी २०७७ बैशाख ३ गतेसम्म ७ वटै प्रदेशका विभिन्न शाखाहरूबाट बैंकिङ सेवा दिने एक सूचना मार्फत जानकारी गराएकाे छ ।

उक्त सूचनामा बैंकले कुन शाखा कुन दिन कुन समयमा खाेल्ने सबै उल्लेख गरेकाे छ । साथै, बैंकले ग्राहकलाई सजिलाे हाेस् भन्ने हेतुले उक्त शाखाका सम्बन्धित व्यक्तिहरूकाे सम्पर्क नम्बर पनि उपलब्ध गराएकाे छ । यसै अनुसार ग्राहकले आफुलाई पायक पर्ने नजिकैकाे शाखाहरूबाट बैंकले दिने बैंकिङ सेवा सुविधा अर्थात  निक्षेप राख्न र नगद झिक्न सक्नेछन् ।

बैंकले एक जिल्लामा न्युनतम एक शाखा हुने गरि जिल्ला प्रशासन कार्यालयसँग समन्वयगरी सेवा सञ्चालन गरिएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताएका छन् । बैंकका उप महाप्रबन्धक दिर्घ बहादुर अर्यालको नेतृत्वमा प्रशासन प्रमुख निर्मल प्रसाद उपाध्ययाले सेवा प्रवाह गरिरहेका शाखाहरुको अनुगमन गरिरहेका बैंकले जनाएकाे छ ।

ललितपुर शाखाबाट सेवा दिँदै

त्यस्तै, बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटीएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ । साथै, एलसी, टीटी, प्रतितपत्र लगायतका सेवाका लागि भने कर्पोरेट कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

कुन शाखा कहिले कुन समयमा खुल्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.