लकडाउनमा दाल चाहियो कि ताजा तरकारी ? औषधी र रेष्टुरेन्टका खानासमेत अर्डर गर्ने यस्ता छन् विकल्प

  २०७६ चैत २६ गते १४:३१     डोमी शेर्पा

काठमाडौं । देश लकडाउनको स्थितिमा छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन लम्बाएर बैशाख ३ गतेसम्म पुर्याएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनको आज १७औं दिन हो ।

लकडाउनमा सबैलाई घरबाट ननिस्कन अनुरोध गरिएको छ । स्वास्थ्य सेवा, खाद्यन्न र केही महत्वपुर्ण सेवामा संलग्न भएका बाहेक सबै मासिन अहिले घरमै छन् ।

खाद्यन्न किन्नलाई सरकारले बिहान र साँझको केही समय छुटाएको छ । तर, आँखाले नदेख्ने भाईरस कहाँ कहाँ छ भनेर हामी अनविज्ञ छौं । एक मानिसबाट अर्का मानिसमा थुकको छिटाहरुबाट सर्ने कोरोना भाइरसबाट जोगिन पूरै संसार लकडाउनमा छ ।

नेपाल कोरोना भाइरसस संक्रमणको दोस्रो चरणमा अर्थात विदेशबाट आएका संक्रमित व्यक्तिले दोस्रोलाई कोरोना सारिसकेको छ । त्यसैले सर्तकर्ता बढाउन अझ जरुरी छ ।

त्यसैले घरै बस्नु र अत्यावश्यक सामाग्री घरमै मगाउनु सबैभन्दा उत्तम उपाय हो । तपाईलाई थाहा न होला तर भाटभटेनी जस्ता धेरै सुपरमार्केटले लकडाउनको समयमा घरघर अत्यावश्यक सामाग्री जस्तै नुनु, तेल, औषधी, रेष्टुरेन्टको खाना, बेकरी आईटम्स अर्गानिक खाना, खाना पकाउने ग्यासलगायत डेलिभर गरिरहेका छन् ।

भाटभटेनीले तोकेको ५ हजारभन्दा कमको सामाग्री अर्डर गर्न नपाईने भएकोले एक्लै बस्नेहरुको लागि उपयुक्त हुनसक्छ । त्यसैले यदि तपाई ५ हजारभन्दा पनि कम मूल्यको सामान अर्डर गर्ने विकल्प सोचिरहनु भएको छ भने यो सामग्री उपयोगी हुन सक्छ ।

१. भाटभटेनी

भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, विराटनगर, भैरहवा, नेपालगंजमा होम डेलिभरी सेवा दिईरहेको छ । तपाईले ईन्स्टाग्रामबाट वा भाईबरबाट आफुलाई आवश्यक परेको सामान घरमै मगाउन सक्नुहुनेछ । घरमै सामान मगाउनको लागि भाटभटेनीले भाईबर नं ९८०१२३४८८६१ दिएको छ । यो नम्बरमा सम्पर्क गरेर सामान अर्डर गर्न सकिन्छ ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सबै सामग्री लकडाउनअघिकै मुल्यमा विक्री गरिएको बताएका छन् । भाटभटेनीमा फेन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ ।

२. भोजडिल्स

भोजडिल्स घर वा अफिसबाट रेष्टुरेन्टको खाना अर्डर गर्ने एप हो । तर हाल लकडाउनको समयमा यसले अत्यावश्यक सामग्रीहरु डेलिभर गर्दै आएको छ । तपाईले यो एप डाउनलोड गरेर सामग्रीहरु अर्डर गर्न सक्नुहुन्छ । यसमा ताज तरकारी–फलफूलदेखि लिएर दैनिक उपभोग्य बस्तु तथा बालबालिकाको डाईपर साथै औषधीहरु पनि अर्डर गर्नसक्नुहुन्छ ।

भोजडिल्समा १ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री अर्डर गर्नुपर्ने हुन्छ । यसले पनि निःशुल्क होमडेलिभरीको व्यवस्था मिलाएको छ ।

३. दराज डट कम

नेपालमा अनलाईन सपिङको बहार ल्याउनेमा दराजको मुख्यभूमिका छ । लकडाउनको समयमा दराजले बिगमार्टसँगको साँझदारीमा १५ सयभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ ।

चामल, नुन, तेल, हात धुने सामाग्री, बालबालिकाको खानेकुरा, स्याम्पु, मन्जनलगायतका अत्यावश्यक सामाग्री तपाईले अर्डर गर्न सक्नुहुन्छ । हाल काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र यसले सेवा प्रदान गरिरहेको छ ।

४. सेल्सबेरी

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । तपाईले भाइबर वा फोन गरेर सामाग्री मगाउन सक्नुहुनेछ । सेल्सबेरी सातदोबाटो (९८०१२३४८९७), सेल्सबेरी सितापाईला (९८०१९०५२१९), सेल्सबेरी महाराजगंज (९८०१९७१३१२) मा सम्पर्क गरी तपाईले आवश्यक सामाग्री मगाउन सक्नुहुन्छ ।

यस्तै, खाद्यन्नहरुको लागि दरबारमार्ट डटकम रहेको छ जसमा तपाईले १ हजार माथिको सामाग्री मगाउन सक्नुहुन्छ । साथै मेरोकिरना डटकम (०१–४४११०००), निमबसबजार र सस्तोडिलबाट पनि अनलाईन अर्डर गरी सामान घरमै पाउन सक्नुहुन्छ ।

ताजा तरकारी, मासुको लागि

१. फुडमाण्डु

रेष्ट्रेन्टको खाना घरघर पुराउने फुडमाण्डुले लकडाउनको समयमा रेष्टुरेन्टको खानालाई केही समयको लागि बन्द गरेर ताजा तरकारी, मासु, फलफूल, बेकरी आईटमहरु घरघर पुराउन सुरु गरेको छ । तपाईले यसको वेभसाईटमा गएर १५ सय भन्दा माथिको सामाग्री दिउँसो १२ बजेपछि मगाउन सक्नुहुन्छ ।

२. काठमाडौं आर्गनिक्सडटकम

काठमाडौं आर्गनिक्सले पनि घरघरै आर्गनिक सामाग्रीहरु लकडाउनको समयमा पुराउने गरेको छ । आर्गनिक खानेकुरामा रुची राख्नेले यहाँबाट आर्गनिक दाल, चामल, मह, मसला साथै मुलाको अचार र अन्य आवश्यक भान्सका सामग्री अर्डर गर्न सकिन्छ ।

१५ सय रुपैयाँभन्दा बढी मुल्यको सामाग्री तपाईले यसबाट अर्डर गर्न सक्नुहुनेछ । यसको सेवा शुल्क १ सय ५० रहेको छ ।

यस्तै सामाग्री तपाईले ग्रिनग्रोथडट लाईफ, लेशेर्पाडेलिभरी डटकम र खेतीफुड डटकमबाट पनि अर्डर गर्न सक्नुहुनेछ ।

औषधी

१. जिभी एप

तपाईले जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन (सिटामोल, खोकीको औषधी) मेडिकल उपकरण (थर्मोमिटर, प्रेसर जाँच्ने मेसिन, व्हील चेयर), बालबालिकाको र व्यक्तिगत हेरचाहको लागि क्रिमहरु अर्डर गर्न सक्नुहुनेछ । ५ सय रुपैयाँभन्दा कम मुल्यको सामग्रीको लागि ५० रुपैयाँ सेवा शुल्क तिनुपर्नछ भने त्योभन्दा माथिको मूल्यका औषधी तथा स्वास्थ्य उपकरण अर्डर गरेमा अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

२. ईजीकेयर डटकम

यस्तै डाक्टर सम्बन्धी सेवाको लागि तपाईले ईजिकेयर डट कमडट एनपीको वेभसाईट प्रयोग गर्न सक्नुहुन्छ । यसले औषधी उपकरणको साथै डाक्टरसँग सम्पर्क गराइदिन्छ ।

रेष्टुरेन्टको खाना र बेकरी आईटम्स

१. काइरोस क्याफे, झम्सिखेल

झम्सिखेलस्थित काईरोस क्याफेले यो समयमा रेष्टुरेन्टको खाना मनपराउनेहरुको लागि खाना डेलिभरी गर्ने गरेको छ । उपल्बध खानाको मेन्यु उनीहरुको ईन्स्टाग्राम र फेसबुक पेजमा पाउन सकिन्छ । क्याफेको संम्पर्क नं ९८१३४९३९०२ मा सम्पर्क गरेर पनि खाना अर्डर गर्न सकिन्छ ।

२. नौलो बेक्स, कुपण्डोल

कुपण्डोलस्थित यस बेकरी क्याफेले केक, पिज्जा, बर्गर, डुनोट, बे्रडका साथै अन्य धेरै बेकरी आईटम डेलिभर गर्ने गरेको छ । क्याफेको संम्पर्क नं ९८६१५१६३९० मा सम्पर्क गरेर पनि अर्डर गर्न सकिन्छ ।

यस्तै लाजिम्पाटस्थित पियाने एण्ड एभरफ्रेस नोम्याण्डको संम्पर्क नं ९८४३४२८३५२ र भिनो बिस्ट्रो फ्रेन्च कर्नरको सम्पर्क नं ९८४९४८०४३२ बाट पनि तपाईले रेष्टुरेन्टको खाना घरमा नै मगाउन सक्नुहुन्छ ।

अन्य

ग्यास

नेपाल आयल निगमले केयर होम, अस्पताल, शोक परेका परिवार, अशक्तहरु, निशुल्क खाना बाँडिरहेको संस्थालाई घरघरमै ग्यास पुर्याउने व्यवस्था गरेको छ । यसका लागि ४२६३८४५, ९८५१२०१२६२र ९८५१०६७७२४ मध्ये कुनै नम्बरमा सम्पर्क गर्नुपर्ने निगमले भनेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.