महालक्ष्मी विकास बैंकले कोरोना रोकथामको लागि ५० लाख रुपैयाँ दिने

  २०७६ चैत २६ गते १४:२२     विकासन्युज


काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

जसमध्ये संस्थाले संघीय सरकारलाई १२ लाख रुपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताएका छन् ।

बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने विकास बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.