वेदास कलेजले आफ्नै सफ्टवेयरद्वारा शुरू गर्याे अनलाइन क्लास, के के छन् सुविधा ?

  २०७६ चैत २६ गते १३:१५     विकासन्युज

काठमाडाैं । वेदास कलेजले आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन शुरू गरेका छौं । कलेजले नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याएकाे हाे ।

कलेजले प्राविधिक पार्टनर एमपर्सेप्ट टेक्नोलोजिसँगको सहकार्यमा एमपर्सेप्ट क्लासरुप सफ्टवेयरको विकास गरेकाे हाे । यही सफ्टवेयरको माध्यमबाट कलेजले विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमितरुपमा अध्ययन अध्यापन गराउँदै आएका छ ।

यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुन्छ । सफ्टवेयरमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेका छन् । यसमा सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू छन् ।

यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ । अरु विशेषताहरूमा समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा पनि रहेका छन् । यसमार्फत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्नेछन् । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

यस कदमले नेपालको शैक्षिक प्रणालीलाई एउटा अर्काे उचाईमा पुर्याउन टेवा दिने कलेजकाे विश्वास छ । साथै, यसलाई लकडाउन अवधिमा मात्रै होइन आगामी दिनहरुमा ‘अफ आवर’ मा सधै प्रयोग गर्न सकिने कलेजले बताएकाे छ ।

पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले विगत १० वर्षदेखि नै प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिकमैत्री वातावरणमा अत्याधुनिक सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको छ ।

कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको छ । यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले इन्टरर्नशिप प्लेसमेन्टको अवसर प्राप्त गर्दै आएका छन् भने डिग्री हासिल गरेका विद्यार्थीहरुले जब प्लेसमेन्टको अवसर प्राप्त गर्ने गर्दछन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका हरेक क्षेत्र प्रभावित भएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र ठप्प प्रायः छ । उज्यालो भविष्यको आधार अर्थात मानव जीवनको अत्यावश्यक आवश्यकता शिक्षा पाउनबाट विद्यार्थीहरू वञ्चित छन् । कतिपय शैक्षिक संस्थाले विभिन्न विदेशी सफ्टवेयरहरु प्रयोग गरी अनलाइन अध्ययन अध्यापन गर्दै गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.