धनगढीमा ड्रोनबाटै घरघरमा औषधि पुर्याइँदै

  २०७६ चैत २६ गते ११:३९     विकासन्युज

काठमाडौं ।बोलन्याथली धनगढीले ड्रोनबाट घरघरमा औषधि वितरण शुरु गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहेको बेला बोलन्याथली धनगढीले ड्रोनबाटै निशुल्क औषधि वितरण गर्ने अभियान शुरु गरेको हो ।

बोलन्याथली धनगढीका संयोजक यादव जोशीले दैलोमा दबाई अभियान शुरु गरी आजदेखि ड्राेनबाटै नागरिकको घरघरमा औषधि वितरण शुरु गरेकाे बताएका छन् । अहिले उनी अत्यावश्यक औषधिको समस्या झेल्दै आएका तथा विभिन्न रोगबाट ग्रसित बिरामीहरुलाई सहयोग गर्ने उद्धेश्यले घरघरमा औषधि पुर्याइरहेका छन् ।

उनले आज कैलालीको फूलबारीमा एक सुगरका बिरामीको घरमा ड्रोनबाट औषधी पुर्याएर काम सुरु गरेका छन् । तर, आफु नै घरघरमा गएर उनी केही दिन अगाडि देखि नै औषधि पुर्याइरहेका थिए ।

उनले फोनबाट र फेसबुक पेजमार्फत औषधि माग गर्न सक्ने बताए । बोलन्याथली धनगढीलाई आरएएन–एफ धनगढीले ड्रोन उपलब्ध गरेकोे हो । उनले अब धनगढीमा ड्रोनबाट नै औषधि पुर्याउने बताएका छन् ।

देश लकडाउनमा रहेका बेला नागिरकहरू घरभित्रै छन् । घरभित्रै रहेका नागरिकलाई सहयाेग गर्ने उद्देश्यले साे अभियान शुरू गरेकाे बताए । हालसम्म कैलालीमा तीन र कोचनपुरमा एक जना काेराेना भाइरसका संक्रमितहरू देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.